भक्तपुरमै शिक्षक सेवा आयोग तयारी कक्षा सुरु, सयौं विद्यार्थी सहभागी


पुष १९, २०७८, सोमबार | विहान ०२:४८ बजे | 25


भक्तपुरमै शिक्षक सेवा आयोग तयारी कक्षा सुरु, सयौं विद्यार्थी सहभागी

भक्तपुर । शिक्षक सेवा आयोगको तयारीमा लागेका विद्यार्थीहरुले काठमाडौंसम्म धाउन नपर्ने भएको छ। भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद कलेजले शिक्षक सेवा आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई विशेष तयारी कक्षा थालनी गरेको छ। आयोगको तयारीमा लागेका विद्यार्थीहरुलाई सहज बनाउन थालनी गरेको कक्षामा सहभागीहरुलाई कलेजले अभिमुखीकरण गरेको छ। अभिमुखीकरणसँगै कक्षा समेत शुरु गरेको छ।


कार्यक्रममा कलेजका प्राचार्य श्रीकृष्ण किसीले शिक्षा क्याम्पसको दायित्वको रुपमा कलेजले तयारी कक्षा गर्न सबै पक्षबाट अनुरोध आएको बताएँदै  कलेजले सो कक्षा शुरु गरेको बताए। उनले सहभागीहरुको पूर्ण सफलताको कामना गर्दै शैक्षिक जनशक्ति उत्पादनमा कलेजले भूमिका खेल्नुपर्ने भूमिकाको महसुस गरी सो कार्यक्रम ल्याइएको दोहोर्याए। अभिमुखीकरण कार्यक्रममा लोकसेवा आयोग तयारी कक्षाका प्रशिक्षक नरेन प्रसाईलेको अध्ययन गर्ने शैलीबारे अनुभव राखेका थिए।

शिक्षक सेवा आयोगको तयारीमा लागेका सयौं विद्यार्थीहरुको सहभागितामा भएको सो अभिमुखीकरणमा कार्यक्रम संयोजक राकेश सुकुपायोले विद्यार्थीहरुलाई सहज बनाउनका लागि कलेजले अध्ययनको वातावरण बनाएको बताए। उनले विद्यार्थीहरुको चाप र सुविधालाई मध्यनजर गरी कक्षालाई बिहानी  र बेलुुका गरी दुई सिफ्ट सञ्चालन गर्ने  जानकारी समेत दिए।

Comments