६० वर्षका ज्येष्ठ नागरिकलाई डाक्टरद्धारा एकदिने व्यायाम अभिमुखिकरण
पुष १७, २०७८, शनिबार | दिउँसो ०१:४६ बजे | 75
भक्तपुर । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा (पुस १९–२४) को प्रचार–प्रसार स्वरुप संस्थाका ६० वर्ष देखिका ज्येष्ठ नागरिक सदस्यहरुको स्वास्थ्यमा लाभ पु¥याउने उद्देश्यले यही पुस १७ गते शनिवार फिजियोथेरापिष्ट (डाक्टर) बाट एकदिने व्यायाम अभ्यास अभिमुखिकरण कार्यक्रम हुने सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट भनपा ७ वडाअध्यक्ष उकेश कवांले भक्तपुर नगरका जेष्ठ नागरिकहरुको स्वास्थ्यको सुरक्षालाई ख्याल गर्नको लागि नेमकिपाको चुनावी घोषणा पत्र अनुसार यस वर्ष आदर निकेटनको काम सुरु भएको छ भन्नुहुदै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल यसै वर्षको बैशाखदेखि उपचार सुरु गरेको हो भन्नु हुदै केही कारणले अस्पताल सम्पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन भन्नु भयो । उहा“ले हामी हरेक जेष्ठ नागरिकहरुले आÇनो स्वास्थ्य स्याहारको लागि केही सानातिना शारीरिक अभ्यासहरु गर्न सकिने र त्यस्ता सानातिना शारीरिक अभ्यासको नियमित र व्यवस्थित अभ्यासले हाम्रो शरीरलाई निरोगी बनाइ राख्न ठूलो सहयोग हुन जाने भएकोले यो व्यायाम अभ्यास अभिमुखिकरण कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका सञ्चालक अध्यक्ष बलराम गोसाईले सभापतिको आसनबाट संस्थाको १४ औं वार्षिक साधारणसभाको प्रचार स्वरुप स्वास्थ्य उप–समितिको सक्रियतामा व्यायाम अभ्यास अभिमुखिकरण कार्यक्रम संस्थाले आयोजना गरेको बताउनु हु“दै प्रत्येक व्यक्ति आफै पनि केही नियम पालना गरी अभ्यास गरेमा स्वस्थ हुन सकिने र हाम्रो प्रत्येक घरको भान्छामा प्रयोग हुने मसला नै पनि जानेर प्रयोग गरेमा औषधिको रुपमा काम गर्ने भएकोले यस्ता विषयमा पनि जनसचेतना विकास गराउने कार्यक्रमहरु हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा फिजियोथेरापिस्टद्ववय कल्पना दनेगुलु र सरु तमीश्रेष्ठबाट व्यायाम अभ्यास गर्ने तरिकाहरु प्रशिक्षण गरेको उक्त कार्यक्रममा संस्थाका मानार्थ सदस्य लक्ष्मीभक्त कवां, शिक्षक एवं समाजसेवी न्हुछेभक्त कवां, समाजसेवी चन्द्रबहादुर शाही, मुना लवजू, अनिता सिंख्वालले पनि आ–आÇना विचार व्यक्त गर्नुभएको थियो ।