कर्मालय ९ सम्पन्न


पुष १७, २०७८, शनिबार | दिउँसो १२:५० बजे | 25


कर्मालय ९ सम्पन्न

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्रले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै प्रतियोगिता आयोजना गर्दछ ।
 
“कर्मालय” नाम दिइएको यो प्रतियोगिताको नवौँ संस्करण हो। सबै इन्जिनियरिङ विधाको विद्यार्थीको प्रतिनिधित्व गर्दै मङ्सिर ९ गते सुरु भएको यो प्रतियोगितामा एक महिनाको समयमा भिडियो बनाउन, प्रस्ताव लेख्न, प्रतिवेदन लेख्न प्रस्तुत गर्ने शैली लगायतको विषयमा तालिम दिएको थियो।

कर्मालायको मुख्य दिन पौष १६ गते शुक्रवार कलेजको प्रधानाध्यापक प्रा। डा, हरि कृष्ण श्रेष्ठप्रमुख आतिथ्यमासम्पन्न भएको कार्यक्रममा सात टोलीले सहभागिता जनाएको थियो। प्रतियोगितामा सह प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारी, विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
 [[img3]]
प्रा। सावित्री त्रिपाठी, उप प्रा. दिपेश प्रसाद गुरागाईं, उप प्रा. नरेश प्रसाद दास, ई. सपोज घिमिरे, ई। दर्पण पुडासैनीको निर्णायक मण्डलले टोलीको प्रस्तुति, विषयगत ज्ञान, कार्यशैली लगायत विषयको मूल्याङ्कन गरी विजेता र उप विजेता घोषणा गर्नुभएको थियो ।
 
अनिल तिरुवा, आशिष यादव, सरोज चौधरी, सिद्धार्थ यादव र चन्द्र प्रकाश रावलको टोलीद्वारा तयार पारिएको प्याड भेन्डिङ मेसिनले प्रथम स्थान प्राप्त गरी तक्मा, प्रमाणपत्र तथा नगद प्राप्त गरेका छन् ।


त्यसै गरी कृपा थापा, अमरेश शाह र रोहिणी राउतको टोलीले अध्ययन गरी तयार पारेको<!--[if gte mso 9]><xml> </xml><![endif]-->ले दोस्रो स्थान प्राप्त गरी तक्मा, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् ।
विद्यार्थीहरूको कार्यमा सहयोग गर्नुभएका शिक्षकहरू रुपेश दही श्रेष्ठ, अनिल यादव, दीपेश प्रसाद गुरागाईं, रमेश प्रसाद पुडासैनी, विजय श्रेष्ठ, दिनेश डंगोल, अविनाश खत्री, नरेश प्रसाद दास र विश्वदीप मैनालीले विद्यार्थीहरुले सामाजिक समस्या समाधान गर्न आफूले अध्ययन गरेको विषयवस्तु प्रयोग गर्न सक्षम भएकोमा आफूहरू खुसी रहेको बताउदै सो कार्यलाई निरन्तरता दिन विद्यार्थीहरूलाई प्रोत्साहन समेत गर्नुभयो ।
 [[img2]]
कार्यक्रममा बोल्दै प्रा। डा। हरि कृष्ण श्रेष्ठले विद्यार्थीहरुले अतिरिक्त समय सदुपयोग गरी शिप अभिवृद्धि गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको आफूलाई मन परेको र आउँदा दिनमा कलेजले सदाझैँ सहयोग गर्ने बताउनुभयो । सोही अवसर पारेर गरिएकोमा उप प्रा. श्याम सुन्दर कवाः र ई अशोक पाठक दुवैले मूल्याङ्कन गरेर कृपा थापाले पठाएको फोटोलाई उत्कृष्ट घोषणा गर्नु भयो।

फाेटाेमा हेर्नुहाेस्...

कर्मालय ९ सम्पन्न
कर्मालय ९ सम्पन्न

Comments