सहरको कथा ः अव प्रत्येक शनिबार ः यो पटक जैसन औषधि पसलको कथा
पुष १७, २०७८, शनिबार | विहान ०८:४० बजे | 5
कुमार लघु
जैसन औषधि पसल चलाएर वस्ने सुनिता के.सी.त्वायना हुनुहुन्छ । औषधि पसल राखेर जनताको सेवा गर्ने हेतुले पसल खोलेर व्यासी सुकुकुलाङचा नजिक औषधिको साथै एचए पेशामा ४ वर्ष लागेर सेवा गरिसकेकी राम्री, नरम सहयोगी, मिलनशार, मायाममताकी खानी, मुसुक हाँस्ने जोसित पनि मिठो वोल्ने र सहयोगीको धोको बोकेको बहिनी हुनुहुन्छ उहाँं । उहाँले स्वास्थ क्षेत्रमा अस्पतालमा ६ वर्ष र दुवै गरी १० वर्ष सेवा गरिसक्नु भएको छ ।
उहाँले डा.इवामुरा अस्पतालमा कलेज अफ हेल्पमा ५ वर्ष काममा सिपालु सीप देखाई नाम कमाउनु भएको छ । कसैलाई स्वास्थ सम्वन्धि समस्या पर्दा सेवा गर्नलाई औषधि पसल खोलेको सुनिता केसी त्वायना बताउनुहुन्छ ।
उहाँले औषधि पसल ५–६ लाखवाट सुरू गरेको सामान्य रूघाखोकी, ज्वोरो, ब्लोड प्रसेर, सुगर र सवै खालको सजिलै उपचार हुने र पाउन भने हेतुले र यहाँ अरू औषधि पसल कही नभएकोले यहाँका दाजुभाइ बहिनीहरूले टाढा जान नपरोस् भनेर व्यासी सुकुकुलाङचामा नजिक औषधि पसल खोलेर स्थानीय जनता र झौखेलको र आसपासका सज्जनवृन्दहरूको सेवा गर्ने हिसावले सुनिताले भनुहुन्छ, मेरो सपरिवारको सहयोगमा यो औषधि व्यवसायको रूपमा अंगालेको हो ।
उहाँले डा.इवामुरा अस्पतालमा इमर्जेन्सीमा र लोकल ठाउँमा जब गरेको थियो । भादगाउँ फार्मेसी सल्लाघारी र भक्ती देन्ट किल्निकमा काम गरेको थियो । स्वास्थ क्षेत्र सम्वेदनशिल क्षेत्र हो । त्यसैले यस पेशालाई गम्भीर तवरले हेरिनुपर्छ । स्वास्थ क्षेत्रमा कुनै किसिमको हेलचेक्राई गर्नु हुदैन । मानिसलाई केही रोगले आक्रमण गरेको वेलामा स्वस्थ क्षेत्रमा लागेको व्यक्तिले मात्र केही गर्न सक्ने हुन्छ । सुनिता केसीले धेरै व्यक्तिहरूलाई उपचार गरेको व्यक्तित्व हुनुहुन्छ । उहाँ आफैले कोही विरामी आयो भने उपचार गर्नुहुन्छ । उहाँले एच ए पास गर्नुभएको हो । उहाँ सासूससुरा, श्रीमान् जीवन त्वायनाज्यूले पसल खोल्न मद्दत गरिरहनु भएको खुलष्ट बताउनुभयो ।
सुनिता त्वायनाको जन्मथलो छालिङ्ग हो । उहाँले इन्टरकाष्ट विवाह गर्नुभएको हो । अनि मात्र सुनिता केसी त्वायना भएको भनुहुन्छ । पैसालाई भन्दा रोगलाई प्रथमिकता दिएर विरामीको मन जित्नुभएको प्रगतिशिल विचारको पक्षधर हुनुहुन्छ उहाँं । मनमा लोभ पाप सिन्को पनि नराख्ने स्वास्थ चिकित्सक हुनुहुन्छ उहाँं । महिलाहरूलाई लगाइने तीन महिने सूई पनि लगाउने वन्दोवस्त छ उहाँंकोमा । साधारण चिरफार गर्ने, गुणस्तरिय औषधि, रगत जाँच, दिशा जाँच, इन्शुलियन्स अन्य सेवाको सुबिधा प्रदान गर्ने गरेको छ उहाँंले ।
जन्मथलो छालिङ्ग भए पनि ताथलिको एक युवक जीवन त्वायनासंग विवाह बन्धनमा बाढिएर व्यासी वडा नं २ लाई कर्मथलो वनाएर जीवन स्वास्थ क्षेत्रलाई रोज्नु भएको छ । घरपरिवारलाई मायाको साथै विरामीहरूलाई औधी माया गर्ने हामी टोलबासीले पाएका छौ । व्यासी टोलमा औषधी पसल चाहिन्छ ।
कोरोनाले गर्दा औषधी व्यवसायलाई पनि नोक्सान नै भयो । यसरी बाहाल तिर्नलाई पनि धौधौ भयो भने गुनासो गर्नुभएको थाहा छ । जनताहरू वा स्थानीयहरू औषधी पसल दैनिक रूपमा खोलोस् भने चाहना छ । सो कुरालाई मनन गरी पसल दैनिक रूपमा नै खोलोस् भने कामना गर्दछ । अझ सुनिता बहिनीले पनि डाक्टरको वन्दोवस्त गर्नेतिर विचार गर्ने भएमा सुनमा पलिस लगाउन नपर्ने हुन्छ । जोसुकै विरामीहरूले पहिलो अपेक्षा समस्या पर्दा सुनिता केसी त्वायनाको किल्निकलाई सम्झनु हुन अनुरोध गर्दछु ।
अन्तमा विरामीको सक्दो सेवा गर्न सकोस् भन्दै सानो व्यवसाय गर्नेको पनि दिन राम्रै हुने समय आउनेछ । औषधी समय मै खाऊ, रोगलाई टाढै राखौ । नियमीत औषधी खाऔ भनेर सवैले होस् पु–यायौ । सवैको स्वास्थ जिवनमा राम्रो होस् । उहाँको र जीवन साथी जिवनले मिलेर आफ्नै छोरोको नाम राखेर औषधी पसल सञ्चालन गर्दै आउनु भएको छ ।