नयाँबर्ष र हामी


पुष १७, २०७८, शनिबार | विहान ०८:०६ बजे | 15


नयाँबर्ष र हामी

सुनिल सापकोटा
हामी हिन्दु धर्मावलम्बीहरुको यो नयाँ वर्ष होइन। हामी हिन्दु  नेपालीले  यसलाई न मनाए पनी केही फरक न पर्ला। यो अङ्ग्रेजी नयाँ वर्ष  दस – पन्द्र बर्ष यता देखि हाम्रो देशमा हाम्रा नयाँ पुस्ताले बडो धुमधाम सङ मनाइ रहेका छन। बरु  हाम्रो नयाँ बर्षमा रमाइलो गरि मनाउने चलन घटदै गएको देख्छु । भारतमा पनि अंग्रेजÞ शासन आए देखि मात्र जनवरी को  पहिलो तारिखमा  नयाँ वर्ष  मनाउने गरिएको हो। त्यो भन्दा पहिले  भारतमा  जनवरीमा मनाउने चलन थिएन।
नयाँ वर्ष सन् २०२२ जनवरी आज राति १२बजे  देखि शुरु हुँदैछ । तर यस्को खुसीयामीमा दुई – तीन दिन अगाडी देखि नै नेपालका बजारहरुमा किनमेल गर्नेको भिडवाड , रेस्टुरेन्ट र  होटेलमा चहल पहल र होहल्ला देखिन लागेको थियो  । हरेक नयाँ बर्षमा मानिसहरुको उत्साह र खुशी देखेर  म यो सोच्ने  गर्थे कि यो सालको नयाँ बर्षमा  केहि खास होला। जनताको जीवन स्तरमा केही  परिवर्तन  खुशियाली आउला । देशमा  केही  गरिबी घटला । गत बर्षको तुलनामा केही राम्रो होला ।              तर अफसोच ! ....                      हामी काहाँ राजनैनिक  परिवर्तन भएपनी उपलब्धि केही भएन ।
हरेक नयाँ बर्ष जस्तै भोलि पनि लाखौं खसी र कुखुराहरु काटिएला। क्लब , होटल ,रेस्टुरेन्ट र वारहरुमा मनोरञ्जन को नाउँमा रक्सिको खोला बगाएर स्त्रीहरुको अर्ध नग्न नाँच र वेश्यावृत्ति होला।
हाम्रो देशको बजेटको आकार प्रत्येक बर्ष  ठुलो हुँदै गएपनी  समग्र देशको र जनताको आर्थिक अवस्था हरेक बर्ष अघिल्लो बर्ष तुलनामा म त झन खत्तम हुँदै गइ रहेको देख्छु। नेताहरुमा झुठको रटान  देख्छु । यहाँ बनेका हरेक सरकार हरुमा सुस्तता देख्छु । अहिलेसम्म हाम्रो  त्यही सुस्त र सामन्ती  समाज छ । त्यही  पुरानो  राजनैतिक पार्टीहरु छन  अनि सो पार्टीका त्यही अनैतिक र भ्रष्ट नेताहरुको नेतृत्व र जगजगी छ ।  जुन सरकार आए पनि  त्यही अघिल्लो  सरकारको जस्तै गति र चाला छ ।  जनताहरु बिच  पनि  त्यही जातपात , त्यही  साम्प्रदायिक भावना । वाल मजदुरी ,महिलाहरुलाई बिदेशमा लगेर  त्यही बेच बिखन ।  गरिव माथी त्यही  थिचोमिचो र शोषण ।कर्मचारीवर्ग को  त्यही घुषखोरी । भारत बाट हजारौं भारतियहरुको त्यही  घुसपैठ।  ब्यापारीहरुको त्यही  ठगी , तस्करी , जमाखोरि  बजारमा त्यही  महंगी । देशमा त्यही हत्या, हिंसा , बलात्कारको  पुनरावृत्ति र बढोत्तरी । त्यसैले आगामी  दिनमा अब हामीले गम्भीर भएर  नयाँ  ढंगले केही सोच्नु पर्ने बेला आएकोछ ।
हामी सबैको  सोचमा परिवर्तन ल्याउनु प¥यो । ब्यक्तिगत स्वार्थ लाई त्याग्नु प¥यो । आफ्नो हृदयमा प्रेम र सदभाको  संचार गराउनु प¥यो ।नभए हाम्रो रास्ट्रियता,धर्म ,संस्कृति, सभ्यता र आर्थिक अवस्था बर्वाद हुनेछ र हाम्रो रास्ट्र नै धरापमा पर्नेवाला छ। धेरै के लेखुँ । आगामी दिनहरूमा सबैको जय होस् भन्ने चाहान्छु । धन्यवाद !  इति।

Comments

ताजा खबर