एमाले जिल्ला अधिवेशन ः देशभरमै भक्तपुरबाट कान्छो जिल्ला प्रतिनिधि
पुष १७, २०७८, शनिबार | विहान ०७:१५ बजे | 80
चाँगुनारायण । नेकपा एमाले चागुनारायण नगरपालिका अन्तर्गत वडा नं ८ कमिटीको ८ औ जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन सर्वसम्मत रुपमा टुगिएको छ । आज भएको बैठकबाट दुईजना दलित अनि चार जना महिला र खुल्लातर्फ बाट दसजना प्रतिनिधि सर्वसम्मत रुपमा चुनिएको हो । प्रतिनिधि छनौट गर्ने दौरानमा आज कम उमेरका राम सुवेदीले सर्वसम्मत बिजय प्राप्त गरेका छन । सबै भन्दा कम उमेरका रामको जन्म बि.स.२०५८÷०७÷१७ मा भएको थियो । रामको राजनैतिक सुरूवात भने भक्तपुर क्याम्पस अनेरास्ववियु हुँदै अनेरास्ववियु जिल्ला कमिटी सदस्य र हाल चा न पा ८ वडा कमिटी सदस्यमा ठूलो छाप छ । हाल उनी भक्तपुर र देशैभरको कान्छो जिल्ला प्रतिनिधि रहेको उनको दाबी रहेको छ ।