आज दिउँंसो १ बजे नेमकिपाको खवरदारी जुलुश र सभा ः एमसीसी पास नगर्न चेतावनी
पुष १६, २०७८, शुक्रबार | विहान ०२:२८ बजे | 70
काठमाडौं । एमसीसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज शुक्रबार दिउँंसो १ बजे संघीय सांसदहरूलाई संसद भबन बानेश्वर पुगेर खबरदारी गर्ने भएको छ । राजधानीका विभिन्न तीन स्थानहरुमा दिउँंसो साढे १२ बजे भेला भई खवरदारी जुलुस प्रदर्शन गर्नुका साथै संसद् भवन नयाँ बानेश्वरका तीन नाकामा विरोधसभा गर्ने भएको छ । साथै काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेबाहेक पार्टीका संगठन भएका जिल्लाहरुमा पनि दिउँंसो १ बजे नै विरोध जुलुश तथा सभा गर्ने पार्टीले जनाएको छ ।
दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य मावि), कोटेश्वर तीनकुने र माइतीघरबाट अलगअलग जुलुस निकालिने पार्टीले जनाएको छ । ती तीनवटै जुलुस संसद् भवन नयाँं बानेश्वरका तीन नाकामा पुगेर छुटाछुटै विरोधसभा गर्ने पार्टीले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...