छोराले बाबा तपाई कहिले आउने भन्दा म जवाफ दिनै सक्दिन


पुष १४, २०७८, बुधबार | दिउँसो १२:१० बजे | 30


छोराले बाबा तपाई कहिले आउने भन्दा म जवाफ दिनै सक्दिन

राहुल राजचल
शुक्रबारको दिन बिहान कलेजबाट अलि पर इटाभटामा रिपेटिङ्ग गर्न गयौ हामी । भक्तपुरको झौखेलस्थित ईटाभटामा मजदुरहरु काम गर्छन् । त्यहाँ हामीले बिहानदेखि चिसो मौसममा मजदुरहरु काम गरेको देख्यौ ।
त्यहाँ धेरै मजदुरहरु माटो ओर्सादै र ईटा बनाउदै थिए हामी जाँदा । सबै मजदुर समूहमा काम गर्दै थिए । तर तीमध्ये रामबहादुर तामाङ्ग भने एक्लेै इटा बनाउदै थिए । मैले सोधे उनलाई, तपाई कति बजेदेखि काम सुरु गर्नुहुन्छ ? उनले भने, म चार बजेदेखि काम सुरु गर्छु ।
उनको जबाफ सुनेर मलाई माया लाग्न थाल्यो । यस्तो चिसो मौसममा उनी बिहानदेखि अँध्यारो नभएसम्म काम गर्छन । मैले सोधे, तपाईको घर कता हो दाइ ? उनले भन्ने, मेरो घर काभ्रेको नमबुद्ध हो ।
उनलाई सोधे, तपाईले काम गरेको कति समय भयो ? उनले भने, म काम गरेको दस दिन मात्र भयो । उनको अनुसार उनले दिनमा दुई हजारदेखि दुई हजार पाँंच सयसम्म ईटा बनाउँछन् । मैले सोधे, तपाई कति कक्षासम्म पढनु भएको छ ? उनका अनुसार उनले पाँच कक्षासम्म पढको रहेछ ।
म राम्रोसंग पदेको, लेखेको भए राम्रो काम गदै बस्थे होला । पढाई भएन भने दुख पाउँछ भनेर, उनले भने । उनले ६ महिनामा यहाँ ईटा बनाउने काम गर्दछ र बाँकी ६ महिना घरमा गएर खेती गर्छन भनेर भने । उनका अनुसार उनले काम गरेको पैसामध्य आदि घरमा आफनो परिवारलाई पठाउँछन ।
उनका परिवारमा बुबा, आमा, उनकी स्वास्नी र एउटा छोरा छन । उनले भने, घरबाट टाढा काम गर्नुपर्दा परिवारको धेरै याद आउँछ । दशैमा छोराले बाबा तपाई कहिले आउने भन्दा म जवाफ दिनै सक्दिन् । छोरालाई कसरी भन्नु कि म आउँदिन भनेर ,उनले भने । उनले भनिसकेपछि उनी दुखी र भावुक भए । अनि मैले रिपोटिङ्गलाई सकाउनेतिर लागे । धन्यबाद दाई तपाईले समय दिनुभयो भन्दै म त्यहाँबाट फर्के ।

Comments

ताजा खबर