आदर्श आजादका ८७ जना विद्यार्थीलाई बधाई ज्ञापन


पुष १२, २०७८, सोमबार | विहान १०:४४ बजे | 25


आदर्श आजादका ८७ जना विद्यार्थीलाई बधाई ज्ञापन

भक्तपुर । आदर्श आजाद माध्यमिक विद्यालय भक्तपुरबाट कक्षा १२ उत्तीर्ण  विद्यार्थीहरुलाई आज एक कार्यक्रममा बधाई ज्ञापन गरियो । कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले विद्यार्थीहरुले आ आफ्नो व्यक्तित्व बिकासका लागि उद्देश्य निर्धारण गर्नुपर्ने बताउनुभयो । उनले बौद्धिक वर्ग बिदेशिनुको बिकल्प स्वदेशमै रोजगारीको ग्यारेन्टी दिइनुपर्ने बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि तथा आदर्श आजाद कलेजका व्यवस्थापन समितिका अध्यक्ष उद्वव सुजखुले पूँजीबादी शैक्षिक व्यवस्थाले निमुखा गरिव जेहेन्दार विद्यार्थीहरुले राम्रो गुणस्तरीय शिक्षा पाउनबाट बन्चित भैरहेको अवस्थामा आदर्श आजाद कलेजले विविध छात्रवृतिहरु प्रदान गरेर शिक्षाको पहुँच बढाएको कुरा बताउनुभयो ।
कलेजका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहायक प्राचार्यद्वय चक्रबहादुर चाकतु र राजेन्द्र कायष्ठ , तथा उपप्राध्यापकहरु आशाकुमार चिकंबन्जार ,प्रेमजन थापा र राकेश सुकुपायोले पनि बोल्नुभयो ।  कार्यक्रममा २०७८ सालमा कक्षा १२ उत्तीर्ण ८७ जना विद्यार्थीहरुलाई मायाको चिनो वितरण गरेको छ ।

Comments