लोकेश्वर साकोसको रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न प्रतियोगीताहरु सम्पन्न


पुष ११, २०७८, आइतबार | दिउँसो ०२:५३ बजे | 85


लोकेश्वर साकोसको रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न प्रतियोगीताहरु सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १७औं स्थापना दिवसको अवसरमा संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप–समिति र स्वास्थ्य उप–समितिको संयुक्त संयोजनमा रक्तदान, स्वास्थ्य शिविर, बाल सदस्यहरु बीच क्यिध ऋथअभि च्बअभ, महिला सदस्यहरु बीच डोरी तान्ने ९त्गन या ध्बच० र कसिमला पा“य् प्रतियोगिता सम्पन्न भएको छ ।
 कार्यक्रम उद्घाटन शत्रमा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाले वित्तिय कारोबारस“गै समुदायलाई प्रत्यक्ष लाभ हुने सामाजिक क्रियाकलाप गदैं आएको जानकारी गराउदै रक्तदान को महत्व बारे प्रष्ट्याउनु भएको थियो । यस्ता प्रतियोगिताबाट बालबालिक एवं सदस्यहरुको शारेरिक एवं मानसिक विकासमा टेवा पुग्नुका साथ साथै सधै स्वस्थ रहन मद्दत गर्ने कुरा राख्नु भयो । त्यस्तै अर्का अतिथि संस्थाका पुर्व अध्यक्ष एवं भक्तपुर २ बडाका बडा सदस्य श्याम सुन्दर मातांले कार्यक्रममा बाल्दै समुदायमा आधारित संस्थाहरुले यस्ता समाजलाई हित हुने विभिन्न क्रियाकलाप एवं प्रतियोगिता निरन्तर रुपमा गरिरहनु पर्ने कुरा राख्नु भयो । रेडक्रस सोसाइटि भक्तपुर शाखा र भक्तपुर हर्ट एण्ड डाइबेटीक सेन्टरको प्रविधिक टोलीको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ११ जना महिला र २८ जना पुरुष गरी जम्मा ३९ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो भने स्थानिय र सदस्य महानुभावहरुले स्वास्थ्य शिविरबाट लाभ उठाउनु भएको थियो  । त्यस्तै ३२ जना अन्तरसदस्य कसिमला पा“य् प्रतियोगितामा आसराम लागेजु, अकित बाटी, राजेन्द्र जति र गोपालकृष्ण खर्वुजाले क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो । त्यस्तै २९ जना सहभागी रहेको अन्तर बाल सदस्य क्यिध ऋथअभि चबअभ प्रतियोगिताको ४.२ फिट सम्मको समूहमा. सुश्रीत ध्वजु, सौरभ मानन्धर र सीयान खुसुले र ४.२ फिट माथिको समूहमा विमीत पंच, असीम बैद्य र प्रसमन बाटीले क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो ।त्यस्तै ६ वटा समूह सहभागी रहेको महिला सदस्यहरु बीच भएको डोरी तान्ने ९त्गन या ध्बच० प्रतियोगितामा लक्ष्मीश्वरी तुकंबन्जार, शोभा खुसु, शर्मिला मानन्धर र सरिता खुसुको सयुक्त समूहले प्रथम स्थान हासिल गर्नु भएको थियो । संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिका राजु छुकांको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको औपचारीक कार्यक्रममा, संस्थाका सुमी खर्बुजा, इन्द्रभक्त पंच र प्रज्वल खत्री लगाएतले पनि बोल्नु भएको थियो ।


Comments