झीगु ख्वप बचतको साधारणसभाको अवसरमा रक्तदान


पुष ११, २०७८, आइतबार | दिउँसो ०२:१० बजे | 40


झीगु ख्वप बचतको साधारणसभाको अवसरमा रक्तदान

भक्तपुर । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभाको प्रचार–प्रसार स्वरुप पुस १० गते शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट संस्थाका संस्थापक अध्यक्ष एवं आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले रक्तदान जीवनदान हो र यस्तो कार्यहरु समूदायमा आधारित सहकारी संस्थाहरुले गर्नु वाञ्छनीय भएको र दान गरिएको रगत उचित तवरबाट मानव कल्याणको लागि उपयोग हुन पर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा संस्थाका मानार्थ सदस्य विश्वराम कवांले हाम्रो समाजमा विगतमा रगत जस्तो चिज दान कसरी गर्ने भन्ने कुराको चेतना थिएन, तर रगतको अभावले विरामीहरुको उपचार नहुने समस्या थियो भने अहिले यसरी रक्तदान कार्यक्रमहरु व्यापक रुपमा हुन थालेपछि अहिले समस्या कम रहेको विचार राख्नु हु“दै रक्तदानको महत्व अहिले पनि उतिकै रहेको विचार व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि श्री किसीले संस्थाको स्वास्थ्य उप–समितिका सदस्य मुना लवजुलाई रक्तदानको ब्लड प्याकेट हस्तान्तरण गरि औपचारिक रुपमा सुरु भएको  उक्त कार्यक्रम सभापतिको आसनबाट संस्थाका सञ्चालक अध्यक्ष बलराम गोसाईले संस्थाको १४ वार्षिक साधारणसभाको प्रचारस्वरुप भएको रक्तदानमा सहभागी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै पुस १७ गते संस्थाका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा लाभ पु¥याउने उद्देश्यले फिजियोथेरापी अभ्यास विधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि हुने जानकारी गराउनु भयो । कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य तथा अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक प्रकाश गोसाईले गर्नुभएको थियो । कार्यक्रममा ७ जना महिलासहित ३२ जना महानुभावहरुले रक्तदान गरेका थिए ।

Comments