जिविकोपार्जनका लागि दिनको १८ घण्टा ईट्टा पार्दै मजदुर
पुष ११, २०७८, आइतबार | दिउँसो ०१:१५ बजे | 25
रोजी बस्नेत
हरेक शुक्रबार हामीलाई हाम्रो शिक्षकले व्यवहारिक क्रियाकलापमा संलग्न गराउँदै आइराख्नु भएको छ । त्यसै सिलसिलामा हामी पुस ९ गते शुक्रबार बिहानै भक्तपुरको झौखेलमा रहेको (पि.के. र एल्. पी.) ईट्टा कारखानामा काम गर्ने मजदुरसँग कुरा गर्नको लागि गएका थियौं । पत्रकारिताको विद्यार्थी भएकै कारण रिपोर्टिङका कृष्ण सरले हामीलाई त्यहाँ छोटो भ्रमणको लागि लग्नुभएको थियो।
बाक्लो तुषारो र चिसो हावाले हामीलाई अलि चिसो महसुस भइरहेको थियो तर त्यस ठाउँमा पुगेपछि त्यहाँ ज्येष्ठ नगारिकले काम गरेको देखेपछि त्यसको अगाडि त हाम्रो जाडो केही होइन जस्तो लाग्यो । सर्वप्रथम त हामी सरकै मद्दतबाट ६६ वर्षिय रहर लामालाई थोरै प्रश्न सोध्न गयौँ। वर्षैपिच्छे हिउँदो महिनामा रहर लामा र उनको छोरा दिपेन्द्र लामा त्यहाँ ईट्टा पार्न नमोबुद्द, धुलिखेल (काभ्रे) देखि आउने गरेको बताउनुभयो। घरमा धेरै सन्तान भएकै कारण खेती किसानीले मात्र नपुग्ने भएकाले उनी आफ्नो छोरा नाति लिएर भक्तपुरमा इट्टाभट्टामा काम गर्न आएको सुनाउँनुभयो । दैनिक उनका छोरा र उनले लगभग ५००० ईट्टा पार्ने बताउनुभयो । इट्टा बनाइसकेको पछि त्यसलाई उठाएर घाममा सुकाउने, चाङ लगाउनुपर्ने बताउनुभयो ।
[[img2]]
मङ्सिर देखि वैशाखसम्म निरन्तर सो काम गरेर उहाँहरुले प्रति व्यक्ति चार लाख पचास हजार ईट्टा पारी दुई लाख जति आम्दानी हुने बताउनुभयो। आएको रकम रासनपानी कटाएर छोराछोरीको पढाइमा छुट्टाउने गरेको उहाँले बताउनुभयो। कठाङ्ग्रिने चिसोमा बिहान एक बजेदेखि बेलुकीको छ बजेसम्म खट्टिँदा गरेको जनाए । साथै काम अनुसारको आफ्नो पारिश्रमिक नभएकोमा असन्तुष्ट व्यक्त गरे उनका छोरा दिपेन्द्रले । आफ्नो श्रीमती, आमा चाहिँ उतै गाउँमा घरधन्दा, खेती किसानी सम्हाल्न गाउँमै छोडेर आएको बताउनुभयो। त्यहाँ रहर लामाको परिवार मात्र नभएर विभिन्न ठाउँबाट आफ्नो गुजारा टार्नकै लागि काम गर्न आइरहनुभएको छन् ।
आफ्नो जिविकोपार्जन गर्नकै लागि खटिरहेका रहर लामा र दिपेन्द्र लामाले हामीलाई ईट्टा पार्न सिकाउनुभयो। साँच्चिकै जस्तोसुकै काम गर्नलाई नि एक असल गुरु भयो भने काम गर्न निकै सजिलो हुने रहेछ मैले त्यस दिनको काम बाट ज्ञान पाएँ।
फाेटाेमा हेर्नुहाेस्...