बनेपा १ को भाइरल गडी
पुष ११, २०७८, आइतबार | विहान ११:२१ बजे | 65
सुजाता लामिछने
के तपाइलाई थाहा छ ? काठमाडौंबाट नजिकै एउटा सुन्दर गडी छ । जुन काठमाडौंबाट भक्तपुर ,साङ्गा ,हुँदै बनेपास्थित तिन्दोबाटोबाट उकालो लागेपछि गडी सम्म पुग्न सकिन्छ । जुन युद्धको बेला या गडी निर्माण गरिएको थियो । नेपाल एकीकरण पश्चात् अङ्ग्रेजहरुबाट देशलाई जोगाउन थुप्रै गडिहरु बनाइएको थियो, तिनै मधये एउटा हो बनेपा गडि। पृथ्वीनारायण साहको पालामा अङ्ग्रेजहरुको आक्रमणबाट बच्नको लागि यो गडि निर्माण भएको हो। साथै गडीको बिचमा नेपालको झन्डा राखिएको छ।
त्यहाँबाट नाला हुँदै २०–३० मिनेटको बाटोपछि एउटा सुन्दर लामिछने गाउँ पुग्न सकिन्छ । हरियो जङ्गलको फेदमा बाक्लो बस्ती । त्यहाँ कतै सिमेन्टको घर छन् त कतै ढुङ्गा माटोको कच्ची घर छन् । त्यहाँ दुई चार घर ढुङ्गा माटोको मात्रै। प्रकृतिको फरक स्वादले बेग्लै आनन्द दिन्छ। घना जङ्गलको बिचमा फराकिलो माटोको ढिस्को छ । वरिपरिबाट गोलाआकार कुलेसो पारिएको छ । गडीको विशेषतानै यही हो ।
[[img2]]
त्यहाँ स्थानीयका अनुसार यहाँ पहिला–पहिला बन्दुकको गोलिहरु पनि भेटिन्थ्यो रे । त्यस्तै अङ्ग्रेजहरुले प्रयोग गर्ने हतियार त खै कहाँ पुगे कहाँ, त्यहीका एक स्थानीयले भने, यहाँ मसला पिस्ने खलोहरु पनि भेटिन्थ्यो, अब अहिले त गाउँबाट यो गडीको नामनिशाननै मेटिन लगिसकेको बताए । साथै उनीहरुले लामिछाने गाउँका दाजुभाइ मिलेर गडि पुन निर्माण अर्थात पर्यटकिय छेत्र बनाउने भन्ने तरखरमा लागेका बताए । सबै मिलेर गडी सम्म पुग्ने बाटो बनाउन लागेको जनाए । हरियो बनको बिचमा रहेको गडि साच्चैनै रमाइलो छ। आहिले यहाँ सधै जसो मानिसहरु घुम्न आउने गर्छन् । कहिले बिद्यार्थी त कहिले सबै परिवार। निकै नै रमाइलो छ यो गडि। यधपी बनेपा गडि काठमाडौंबाट नजिकै रहेको हुनाले सबैले एकचोटि घुम्नै पर्नी स्थान हो।
फाेटाेमा हेर्नुहाेस्...