अब घर फर्केर फुलबुट्टे सारीमा टिकटक बनाउँछु ः निरबहादुर तामाङ
पुष ९, २०७८, शुक्रबार | राति ११:०६ बजे | 25
उज्ज्वल ह्योंगोजु
काभ्रेको नमोबुद्धका निरबहादुर तामाङ भक्तपुर आएको केही दिन मात्र भयो । भक्तपुर पर्यटकीय गन्तव्यको लागि चर्चित भएता पनि उनी भने भक्तपुरमा घुम्न होइन, मजदुरी गर्न आएका हुन् । उनी भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित झौखेलको एक इट्टाभटामा मजदुरी गर्छन् । उनी त्यो भटामा इट्टा बनाउने काम गर्छन् । उनी भटा सिजनमा इट्टा बनाउँछन् भने बाँकी रहेको समय आफ्नो कलाकारिता प्रस्तुत गर्दै पेन्टिङ गर्छन् ।
बिहान सबेरै ठण्डीको मौसमलाई परवाह नगरी निरबहादुर तामाङ आफ्नो काम गरी रहेका थिए । उनी जस्तै अन्य मजदुरहरु पनि खुल्ला खेतहरुमा इट्टा बनाउँदै थिए । हामी भने प्राक्टिकलको लागि रिपोर्टिङ गर्न गएका थियौं । त्यही रिपोर्टिङको क्रममा हामी निरबहादुर दाईसँग कुरा गर्न जाँदा उनी इट्टा बनाउन माटो सार्दै थिए । हामीले उनलाई हेरेर मुस्कुराउँदै नमस्ते भन्यम । उनले पनि मुस्कुराउँदै नमस्ते फर्काए । उनका शिष्ट व्यवहार देखेर उनीसँग केही कुरा गर्नको लागि बस्यम ।
[[img2]]
म प्रश्न सोध्दै थिए, उनी मैले सोधेका प्रश्नहरुको उतर दिँदै हुनुहुन्थ्यो । प्रश्न र उत्तरकै सिलसिलामा हाम्रो कुराकानी जीवनयापनका विषयतिर केन्द्रित हुन गयो । मैले यो भन्दा आगाडि के गर्नुहुन्थ्यो भनेर सोधें । उनले भने“ जीवन्लाई आनन्दमय बनाउनमा यो भन्दा आगाडि ४ वर्ष मलेसिया बसेर आए । केही वर्ष पसिना बगाउँछु अनि बाँकी जीवन रमाइलोसँग बिताउँछु सोचेको थिए । तर केही वर्ष काम गरेर जीवनभरिलाई नपुग्ने रहेछ । “यसमै उनले थपे “जीवन आनन्दमय बनाउन त हरेक दिन परिश्रम गर्नुपर्ने रहेछ ।“
उनी परिवारलाई गाउँमै छोडेर आएका रहेछन् । उनको परिवारमा आमा, श्रीमती अनि छोरा भएको कुरा बताउँदै बेलाबेला परिवारको याद आउने कुरा सुनाए उनले । परिवारसँग टाढा बस्दा उनी कमजोर नहुने तर मोबाइलमा कुरा गरेर न्यास्रो मेटाउने कुरा उनले बताए । उनले भने “अब गाउँ जाँदा आमालाई उपहार, जीवन साथीलाई सरी अनि छोरो्लाई लुगा उपहार लागेर खुसी बनाउँछु । हाँस्दै उनले त्यसमा थपे “अनि गाउँ गएसी फुलबुट्टे सारी गीतमा टिकटक बनाउँछु ।अनि मैले परिवारसँग टाढा बस्न मान लाग्छ र भनेर सोधे । उनले जवाफमा ्भने “मलाई मात्र कहाँ एक्लै आउन मन छ र ? म त परिवार पाल्न बाध्यताले पो आएको हुँ त ।
उनको कुरा सुन्दा लाग्यो बाध्यताको आगाडि रहरको केही पनि नलाग्ने रहेछ । उनी दिनको करीब एक हजार पाँंच सय वटा जति इट्टा बनाउँछन् । महिनामा कमाएको पैसाले थोरै यता आफू बस्ने ठाउँमा रासन पनि किन्ने अनि बाँकी पैसा गाउँ पठाउने कुरा पनि बताए उनले ।कुराकानी चल्दै थियो । उनका जीवनका केही रमाइला त केही दुःख लाग्दा प्रसंगहरु सुन्दै थियम । कहिले परदेश गएर, कहिले पेन्टिङ गर्ने कलाकार बनेर त आहिले मजदुर बनेर परिवारको खुसी पूरा गर्दै छन् उनी । उनका कुरा सुन्दा समय गएको पत्तो पनि पाएनौं । निकै रमाइला कुराकानीहरुलाई विश्राम लगायौं र फेरि अर्को अर्काे दिन भेट्नेछौं भन्दै निरबहादुर दाईसँग बिदा भयौं । अन्तिममा उनले भने “जीवन संघर्ष हो, जतिसक्छ त्यति संघर्ष गर्नु । आफ्नो कर्मसँग कहिले पनि नभाग्नु ।“ उनका कुराहरू सुन्दा मान आनन्द लाग्यो । अनि मनमा लाग्न थाल्यो परिवारको सपना नै आफ्नो सपना हुँदो रहेछ । अनि सपना साकार गर्न हरेक काम गर्न सक्नुपर्ने रहेछ ।
फाेटाेमा हेर्नुहाेस्...