भक्तपुर मालिगाउँको सुन्दरता ः मनै लोभ्याउने भाइरल रुख


पुष ९, २०७८, शुक्रबार | दिउँसो ०३:५९ बजे | 55


भक्तपुर मालिगाउँको सुन्दरता ः मनै लोभ्याउने भाइरल रुख

लक्ष्मी तामाङ
भक्तपुर, पुस ९
भक्तपुर सिपाडोल मालिगाउँ– वरिपरि हरियाली वातावरण, बीचैमा मनै लोभ्याउने भैरल रुख । मौसम सफा भएको दिन वरपरको वातावरण मनमोहक दृश्य देख्न पाइन्छ । अझ जाडो महिनामा क्षणभरमै हुस्सु र घामको रापले चारैसंग हुस्सु र सूर्यले लुकामारी खेल्न थाल्छ । अनि जो कोहीको मन लोभ्याउँछ ।
अझ त्यो चौतारामा गाई वस्तु चढाएर बुढाबुढीहरु आफ्नो जीवनमा वितेका दुःखसुखको कुराहरु गरेर बस्छन् । महिलापुरुष एकान्त ठाउँमा आफ्नो बेदना, दुःख आफ्नै लयमा विगतलाई स्मरण गदै ठाडी भाका गाउँछन् । भाइरल रुख छ नै त्यस्तो । जो कोहीलाई मोहक बनाई छाड्छ ।
यो रुख भक्तपुरको सिपाडोल सूर्यविनायक नगरपालिका ८ मालिगाउँंमा अवस्थित छ । भाइरल रुख वर्तमानमा निकै नै भाइरल भएको छ । पर्यटकीय रुपमा थुप्रै सम्भावना भए पनि पूर्बाधार निर्माणमा निकै कमी देखेको स्थानीयबासिन्दहरुले बताउँछन् । पर्यटकीय रुपमा यो ठाउँमा थुप्रै सम्भावना बोकेको छ, एक स्थानीय भन्छन् तर सम्भावना भए पनि सरकारको चासो छैन, गुमनाम अवस्यामा जस्तै छ ।
ःयो भाइरल रुख धनबहादुर तामाङले रोपेको स्थानीयबासिन्दाहरुको भनाइ रहेको छ । स्थानीय सन्तवीर लामाका भनाई अनुसार यो भाइरल रुख रहिआएको कम्तीमा ६० वर्ष भएको अनुमान रहेको छ । उनको भनाइ अनुसार यो रुख एक धार्मिकस्थल हो भनी बताएका छन् ।
यो ठाँउमा अरुबेला भन्दा शनिबार र चाडपर्वमा धेरै मान्छेको भीड लाग्ने गर्छ, ,उनले भने । अरुबेला चाहिँ १ सय भन्दा बढी मानिसहरु आउने गर्छन् । प्राय मानिसहरु फुर्सतको दिन घुम्न, त्यहाँको हरियली वनपाखा, पखेरा र सेता हिम्श्रङ्खलाहरुको दृश्य हेर्न अनि स्वच्छ हावा अनुभव गर्न आउने गर्छन्,उनले सुनाए ।

Comments