सधै स्कुलमा पढ्ने एभरेष्टका विद्यार्थी सरसफाईमा


पुष ९, २०७८, शुक्रबार | दिउँसो ०१:४९ बजे | 30


सधै स्कुलमा पढ्ने एभरेष्टका विद्यार्थी सरसफाईमा

भक्तपुर । सधै हातमा कापीकलम बोक्ने भक्तपुरको एउटा एभरेष्ट इगलिश स्कुलका छात्र आलोक खड्काको हातमा शुक्रबार कापीकलम थिएन, बरु हातमा पञ्जा अनि फोहोर संकलन गरी ल्याएको गाडी गुडाउँंदै थिए । जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीमा कक्षा ९ मा अध्ययनरत उनी सधैको पढाई भन्दा फरक सरसफाईको काममा खटिएका थिए शुक्रबार । स्कुलबाट झण्डै पाँंच किलोमिटरको दुरीमा रहेको जिल्लाकै गुण्डु मन्थली गाउँंको सरसफाईमा जुटेकी थिए उनी नियमितको पढाई छाडेर ।
आलोकसँंगै सोही स्कुलको अर्का छात्रा आभा खतिवडा पनि त्यही ठाउँंमा जथाभावी फालिएका फोहोर संकलन गर्दै व्यवस्थापनमा जुटिरहेका थिइन् । फोहोर संकलनमा व्यस्त उनले नागरिकसँंग भनिन्, ‘सधै कापीकलम बोकेर पढ्नु मात्रै हाम्रो काम होइन, समाजको लागि सानो काम गर्नु पनि ठूलो काम हो ।’ कापी कमल बोकेर राम्रो पढाई मात्रै गर्नुेलाई असल विद्यार्थी भन्न नसकिने उनको बुझाई छ । बरु देशको लागि, समाजको लागि आफूले सकेको काम गर्नुपर्ने उनको धारणा छ ।  
व्यवहारिक ज्ञानका लागि स्कुलले शुक्रबार कक्षा ९ का २९ जना छात्रछात्राहरुलाई त्यहाँं ल्याएर सरसफाईमा लगाएको थियो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डरीसँंगै शिक्षकशिक्षिकाहरुसँंगसँंगै सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको मन्थलीमा पुगेर ती विद्यार्थी सरसफाईमा जुटेका थिए् ।
मन्थलीस्थित जंगलकोवीचमा रहेको यो ठाउँं पिकनिक स्पोर्टको रुपमा विकशित छ पछिल्ला वर्षहरुमा । यही कारण यहाँं फोहोर छ । त्यही फोहोरको संकलन र व्यवस्थापनमा विद्यार्थी लागिपरेका हुन् ।
करिव एक सय रोपनीको क्षेत्रफलमा फैलिएको यो ठाउँंमा रहेका पानीका बोटल, विभिन्न ब्राण्डका रक्सीका बोटलहरु, प्लाष्टिकहरु, शिशाका टुक्राहरु आदि संकलन गरी उनीहरुले व्यवस्थापन गरेका हुन् । हातहातमा पञ्जा लगाई सरसफाईका लागि चाहिने पञ्जा, बाल्टिन, च्वाफी, शिशाहरु उठाउन ब्रुसहरुका साथमा फोहोर संकलनमा जुटेका थिए उनीहरु ।  
सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न तयहाँं एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले फोहोर थियो । यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई बाहिरी ज्ञान दिन कार्यक्रममा ल्याएको सुनाए ।, जथाभावी फाहोर गर्नु हुँंदैन भन्ने सन्देश दिन सरसफाई कार्यक्रममा सहभागी गराएको उनले सुनाए । विद्यार्थीले फोहोर संकलन गरेको थाहा पाएर आगामी दिनमा त्यहाँं आउनेहरुले पनि फोहोर गर्न हुँंदैन भन्ने सन्देश दिन पनि विद्यार्थीलाई यहाँं ल्याएको उनले सुनाए ।
विद्यार्थीले फोहोर संकलन गरेपछि त्यहाँं अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका फोहोर संकलन गरी नगरपालिकाले व्यवस्था गरेको खाल्डोमा ल्याएर जम्मा गरेका थिए । अव त्यो फोहोर नगरपालिकाको गाडीले लिन आउने जनाइएको छ ।
विद्यार्थीहरु स्कुलबाट स्कुलकै बसका आएका थिए । स्कुल र त्यो ठाउँंबीचका दुरी करिव पाँंच किलोमिटर दुरीका फरकमा छ ।
गुण्डुको यो मन्थली गाउँं भक्तपुरको सूर्यविनाक चोकबाट करिव दुई किलोमिटर दक्षिणमा पर्दछ । जंगलकोवीचमा सुन्दर, शान्त खुल्ला ठाउँं रहेकोले पछिल्लो समय त्यहाँं पिकनिक मनाउन आउनेहरुको टोली वढ्दो छ ।
सरसफाईमा संस्थापक प्रिन्सिपल राजभण्डारीसँंगै प्रिन्सिपल कमलादेवी राजभण्डारी, स्कुलका एकेडेमिक कोअर्डिेनेटरहरु, इन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु गरी विद्यार्थीबाहेक एक दर्जन पुगेका थिए ।  
त्यहाँं गाडामा पसल थापेर बसेका आजाद मियाका अनुसार यहाँं घुम्नका लागि दैनिक सयौं मानिस आउने गर्दछन् । साथै शनिबारसहित विदाका दिनमा विभिन्न टोलीहरु पिकनिक मनाउनका लागि त्यहाँं पुग्ने गरेका छन् । यही कारण यो जंगलमा फोहोर भएको हो ।<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments