कोपिला दिदीको कथा : संघर्ष जीवन नहुनसक्छ तर जिउनको लागि सघर्ष गर्नुपर्छ


पुष ९, २०७८, शुक्रबार | दिउँसो ०१:३८ बजे | 30


कोपिला दिदीको कथा : संघर्ष जीवन नहुनसक्छ तर जिउनको लागि सघर्ष गर्नुपर्छ

बलराम खवास (प्रतिक)

रिपोर्टिङ तयार पार्नुपर्ने थियो । के विषयवस्तु समेटेर रिपोर्टिङ बनाउ सोचिरा थे । झट्ट याद आयो, एउटा दिदीको । उनी जाडोको समयमा नि बिहान ५ः३० देखि राति ८ बजेसम्म किराना पसल खोल्नुहुन्थ्यो । पसलमा बसे पनि उनको हात खाली हुदैनथ्यो । कहिले पोते उन्ने , कहिले चटपट बनाउने त कहिले पसलमा सामान किन्न आएकालाई सामान बेच्ने भ्याईनभ्याइ कार्यव्यस्थता । मैले केही दिन अगाडिदेखि नियाल्ने गरेको थिए उनलाई । आहा कति मिहिनेती दिदी । उनको यो दैनिकी व्यस्तता देखेर मलाई उनको भित्री कुरा जान्न मन लाग्यो । हरेक व्यक्तिको आफ्नै कथा अनि व्यथा हुन्छ । जिवन भोगाइ पनि भिन्नभिन्न हुन्छ । रिपोर्ट तयार पार्ने हेतुले म उनको किराना पसलतिर लागे । जाँदै गर्दा मेरो मनमा हल्का डर थियो, उनले आफ्नो कुरा भन्नुहुन्छ कि हुन्न भन्ने । साथै पहिलोचोटि रिपोर्टिङ गर्दै थिए । मनमा उत्साह र जोस पनि थियो । म उनको किराना पसलमा पुगे । मैले भने “नमस्कार दिदी म रिपोर्टिङको लागि आएको । हजुरसग भएका अनुभवहरु हामीमाझ बाड्नुहुन्छ कि भनेर ? सुरुमा त उनी आफ्नो अनुभव बताउन तयार हुनुभएन । मैले दिदी हजुर यति धेरै मिहिनेती हुनुहुन्छ, तपाइले गरेका सङ्घर्ष, जिवनमा भोगेको राम्रोनराम्रो क्षणहरु बताउनुभयो भने तपाईको जिवनबाट अरुलाई मोटिभेट (हौसला) मिल्न सक्छ । यति भनेपछि प्लस टु पास गरेकी दिदीले मेरो कुरा बुझिहाल्नुभयो । अनि आफ्नो जिवन भोगाइका सङ्घर्षका तितामिठा किस्साहरु भन्न तयार हुनुभयो । मैले सोधे दिदीको शुभनाम ? कोपिला अधिकारी उनले भनिन् । मैले सोधे, तपाइको बाल्यावस्था कसरी बित्यो ? अनि पारिवारिक पृष्ठभूमि कस्तो थियो ? उनले भन्दै गइन्, बाल्यकाल दुःखैमा बित्यो । सानो हुदा मैले र ममीले जङ्गलमा थाकल (जङ्गलमा फल्ने फलफुल) घरमा फलेका वयर, आप हाट बजारमा लगेर बेच्ने अनि त्यही पैसाले घरव्यवहार गुजारा चलाउथ्यौ । मैले सोधे कतिसम्म पढ्नु भएको छ ? उनले भनिन्, वोर्डिङ स्कुल त देख्न पाइन, सरकारी स्कुल हाल्दिनु भएको थियो । त्यतिबेला किताब बोक्ने झोला पनि हुदैन थियो । पानी आउदा सबै किताब भिज्थे । खुट्टा लाउने जुत्ता त हुदैन थियो ।
[[img2]]
खाजाको त कुरै छोडौ । होमवर्क सिकाउने कोइ हुदैन थिए । बुबाको कमाई पनि थिएन । थोरै खेतीपाती खानालाउन सार्है दुख थियो । जेठो दाइले ९०० फि तिर्न नसकेर पढाइ छोड्नुभयो । त्यही दुःख देखेर दिदीभिनाले मलाई काठमाडौं ल्याएर पठाउनुभयो । (भावुक हुदै भन्नुभयो) ।
१२ कक्षासम्म काठमाडौंमै पढे । त्यही बेलामा एक पुरुषसग माया बस्यो । उहीसगै बिहे गरे । उनले भन्दै गइन्,  बिहे गरेको केही समय त खुसी थियो परिवार । त्यसपछि श्रीमान जागिरको सिलसिलामा कहिले कहा कहिले कहा पुग्नुपर्ने भयो । मलाई भक्तपुर लाकिला भन्ने ठाउमा सानो घर बनाइदिएर हामीलाई समय दिन छाड्नुभयो । त्यसबेलासम्म नानी (छोरी) जन्मिसकेको थिइन् हाम्रो । छोरी ठूली हुदै गइन् । श्रीमान जागिरको सिलसिलामा विराटनगर जानुभयो । त्यसपछि नि किन हो घर खर्च पठाउन छोड्नु भयो ।  (निरास हुदै भन्नुभयो) । मैले सोधे कसरी ? भनुभयो, त्यसपछि आफ्नो अनि बच्चाको खाली पेट । उनले भनिन्, बुढाले नुन भुटुन खाने खर्च समेत नपठाएपछि सार्है गार्हो भयो । अनि एकजना दिदीकोबाट उदारो ठेलागाडा ल्याए । अनि चटपटे बेच्न थाले । एक महिनापछि ठेलाको पैसा तिरी उनले । थप्दै गइन, बाटो पनि अहिले जस्तो सजिलो काहा थियो र ? खाल्डो र खुल्डी थिए । बल्लबल्ल  लान्थे । लाकिलादेखि दुवाकोटसम्म चटपटे पानीपुरी बेच्दै पुग्थे । राति सात आठ बज्थ्यो घर आइपुग्दा । छोरी पनि ती ठेलागाडामै निदाउथिन । म नि भाबुक बने । अनि सोधे, श्रीमानले बच्चा सानी छिन, दुख नगर, म घर खर्च पठाउछु । बच्चाको स्याहार गर भनेर कहिले भन्नु भएन ? उनले भनिन, घर बनाइदिएकै छु मैसग टन्न श्रृण छ । कसरी तिर्नु भाको छ ? जे गर्न मन लाग्छ गर । मसग किचकिच नगर भन्नुहुन्छ । दुः ख सुनाएर के गर्नी ? वास्तै गर्दैनन् ।  म नितान्त एक्लो छु । छोरी र म मात्र छौ जस्तो लाग्छ । सबैको चाहाना हुन्छ, आफ्नो श्रीमानले माया गरोस् । आफ्नो दुखसुख बुझिदेओस, आफुलाई समय देओस, सपोर्ट गरोस ।
जिवनसगै हासिखुसी बिताउने सपना थियो होला । यो सबै नपाउदा तपाइलाई कस्तो लाग्छ ? उनले भनिन्, सुरुसुरुमा नराम्रो लाग्थ्यो । रुन्थे पनि । तर पछि अध्यात्ममार्गमा लागेपछि यो केही हैन । संसार जस्तो लाग्छ आफु आफैमा खुसी हुनुपर्छ जस्तो लाग्छ । अब त कसैकोबारेमा सोचाइ पनि आउदैन । चिन्ता पनि लाग्दैन । श्रीमानले साथ दिए पनि नदिए पनि म आफ्नै पसिनामा रमाउने बानी पारिसके । अब केही फरक पर्दैन । अझै आट छ । उनी भन्दै गइन् पछि ठेला बेचे । अनि सटर भाडामा लिएर ती चटपटे पानीपुरी र किनारा पसल खोले । किराना पसल खोल्ने बेलामा मसग केही सामान नि थिएन । दुइतीन हजारको सामान राखे । त्यो समयमा वरिपरिका केही मान्छे हास्दै जिस्काउथे । कसरी सटर भाडा तिर्सेस भनेर । तर मैले दुख गर्दै कहिले खाली हात नराखी कर्म गर्दै गरे । अनि पसलमा सामान नि थप्दै गए । अहिले दुईछाक खाना, एकसरो लाउन अनि छोरीलाई पढाउन पुगिराछ । यसैबाट मिहिनेत गर्दैछु । सुखदुख जिन्दगीमा आउछ जान्छ । अब मतलब लिदिन । बस मिहिनेत भने गरिरहन्छु । पसिना बगाउदै जान्छु । मिठो फल पाइएला नि एकदिन ।
उनको कुराले मेरो मन छोयो । अनि मैले सोधे ? खुसी के हो जस्तो लाग्छ ? भौतिक सुख, मोजमस्ती, ऐश, आरामलाई कसरी लिनुहुन्छ ? उनी मुस्कुराउदै भनिन्, आत्म जुन कुराले खुसी हुन्छ, त्यही सुख हो । मनमा शान्ति होस । शरिरमा रोग नलागोस । भोको बस्न नपरोस । यही हो खुसी । भौतिक सुखलाई म खुसी सुख मान्दिन । आर्थिक पाटो अझै कमजोर छ । तर पनि म विचलित हुन्न भन्नुभयो । अनि त्यसमा मैले थपे“ खुसी मन र मुस्कुराउने अनुहार यही एक जिवनको बहुमूल्य सम्पति हो । त्यसैले सधै मुस्कुराउनुस । “ तपाइले दिनुभएको समय र आफ्नो अनुभव बताइदिनु भएकोमा धन्यवाद भन्दै मैले रिपोर्टिङ सकाए ।
“आशाको एउटा चुहिने डुङ्गामा समुन्द्ररुपी समस्याहरुको थैलि फुकाए तैरिने कोसिसमा हर्दम समर्पित हुनुपर्ने मानव प्रवृतिलाई केवल जिवनको एक सुन्दर पाटो मान्नुपर्छ ! नकि गौण रुपमा । समस्याहरु नै हुने थिएन भने जिवन, जिवन जस्तो हुने थिएन । सङ्घर्षले नै त सिकाएको छ जिवन जिउने यावत तरिका । जिवन बाच्ने क्रममा अनेकौ अबरोधहरु आउछन र ती अवरोधहरुकोबीचमा पनि प्रसन्न रहदै हासिहासी सङ्घर्ष गरी आफ्नो धर्म निर्वाह गर्नुपर्छ भन्ने कुरोको बोध नै वास्तविक ज्ञान हो।
सुदृढ मन, सुन्दर जीवन (समाप्त)

फाेटाेमा हेर्नुहाेस्...

कोपिला दिदीको कथा : संघर्ष जीवन नहुनसक्छ तर जिउनको लागि सघर्ष गर्नुपर्छ

Comments