यज्ञबहादुर कार्की
नापी कार्यालयहरुमा ब्ल्यु प्रिन्ट नक्सा कम्प्युटराइज गरिदा नक्सामा मनलागी जथाभावीसंग एक अर्काका किता नंम्वर फरक नक्सामा फरक पारिराखेका भक्तपुर नापी कार्यालयमा भेटिए । त्यसै प्रस्ङ्गलाई लिएर भन्न जादा नसुन्ने, ब्ल्यु  प्रीन्ट सक्कल नदेखाउने नदिने पाइयो । यसैबाट ठगी गर्नेलाई बल पुग्ने हुने नै देखिन्छ ।
बाठो र घुमाउन जान्ने खै कताबाट तालिम लिएका हुन ? कार्यालय प्रमुखसंग भन्न जादा वडा गजवको तमासा त के हुन्छ भने बाध्य भएर पेसेवर या दलालीकैमा जानुपर्ने वनाइन्छ । यदि दलालीले नै अड्डा घुमाएर चलाएको छ भने हाम्रो सरकारसंग पनि भन्नु केही छैन । अड्डा यस्तो हुनु नपर्ने हो भन्छन साधारण जनताहरु । तर ती अड्डाहरुको रौनक बेग्लै छ ।  “मरेपछि स्वर्ग पुगिन्छ“ भने झै मर्का पर्नेहरु गएपछि बुझिन्छ । जबकि सरोकारवालाले त भन्न, हेर्न, मिलाउन पाउनुपर्ने हो र कर्मचारीबाहेक पेशागतलाई गुहार्नु नपर्ने हो । यसो नभैदिनाले  संभ्भवत फर्जी गराउन दुवैपक्ष संलग्न भएका आजसम्मका ती अड्डाहरुका इतिहाशले यही नै कारक तत्वलाई प्रष्टाउँछ । छ न त यस मामलामा हेर्ने ,सुन्ने, निकायहरु बनाएर वाहवाही सरकारले कहिलेकाहिँ लुटेको छ । तलब खुवाएकै छ । तर ती पनि खोज्दा कहाँ छन कहाँ ? अब पनि सुधारका गुंजायस छ भने सुधार्दा हुन्छ । तब नै “ज “ पछि “झ“ झ = झमेला वा झगडाहरु कम हुदै जान्छ ।    नत्र भने जनता अभिलेख अड्डाप्रति निभिक्क कदापि हुने छैनन ।


...

All Comments.......


Please Login/Register To Comments