कन्सोर्टियम नेपालको २२ औ साधारणसभा सम्पन्न
पुष ९, २०७८, शुक्रबार | विहान ०९:३३ बजे | 55
काठमाडौं । बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औ साधारणसभा तथा नवौं अधिवेशन शुक्रबार राजधानीमा सम्पन्न भएको छ । प्रतिनिधि सभा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्टिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक एवं कन्सोर्टियम नेपालका पूर्व अध्यक्ष मिलनराज धरेल, राष्टिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीलगायका व्यक्तिहरु विशेष अतिथि रहेका थिए ।