सिन्धुली खुर्कोट महोत्सव हुने


पुष ९, २०७८, शुक्रबार | विहान ०२:२२ बजे | 45


सिन्धुली खुर्कोट महोत्सव हुने

संगम लामा
सिन्धुली ।  आयाम क्लब खुर्कोट,सिन्धुलीको आयोजनामा” खुर्कोटको दिगो विकास,  अर्थतन्त्रको आधार  कृषि जलश्रोत, पर्यटन र उद्योगको पूर्वाधार”भन्ने नाराकासाथ यही आउँदो पुस १६ गतेदेखि २५ गतेसम्म, खुर्कोट बजार, नयाँ बसपार्कमा सिन्धुली खुर्कोट महोत्सव हुने भएको छ ।

आयोजक  सस्थाका अध्यक्ष  रोम बहादुर  देबकोटाका अनुसार सगुन इभेण्ट म्यानेजमेन्ट प्रा.लि. काठमाडौंको व्यवस्थापनमा, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको प्रवर्द्धन, संरक्षक गोलन्जर गाउँपालिका वडा नं. ७ को कार्यालय, खुर्कोट, मिडिया पार्टनरमा एबिसिडी खबर,सिद्ध बाबा एफ. एम. ९९.४ मेगाहर्ज, रेडियो रामेछाप ९५.८ मेगाहर्ज रहेको जनाएका छन् ।

महोत्सवमा राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति हुने कुरा आयोजक संस्थाका रंजित देवकोटाले जानकारी दिएका छन् ।

Comments