
तुल्सी नारायण लाखेमरु
श्री को अर्थ नाग मानिन्छ । श्रीखण्ड पनि मान्नुपर्छ । पहिलोदेखि तपाईहामीहरुमध्ये जुजुबाजेहरुको योगदानले विद्वान वर्गहरुले भाषा विदहरुको आफ्नो मातृभाषालाई जोशी बजु, आँचा बजु, पुरेत बजु आफ्नोआफ्नो गहन तरिकाले छुट्टै पहिचान रञ्जना लिपिबाट नेपालले संयुक्त राष्ट्र संघमा सदस्य हुन पाएको हामीलाई गौरव पाएको थान्छौ । पछि आएर जयस्थिति मल्लको पालामा अनगिन्ती जातजातीको नामले नामको हिसावले काम विभाजन गरेको पाइन्थ्यो । काठको काम गर्नेलाई सिकर्मी, तोरीको तरकारी खेती गर्नेलाई तुकबञ्जार, सुनको काम गर्नेलाई लुबञ्जार, दहीको काम गर्नेलाई धौबञ्जार, रङ्गको काम गर्नेलाई रञ्जितकार, तेलको काम गर्नेलाई चिकबञ्जार, कुं सँग काम गर्नेलाई कुमाले (कुं को अर्थ नेपालीमा धुवा) । त्यस्तै मठ मन्दिरमा धेरै हिसाव किताव भएकोले धेरै भारी बोक्ने क्षमता भएको सिलवान, नैतिकवान भएकाले जु थपी सम्मान गरी भारीबजु भनिएको थियो । यसरी विचार गर्दा भाषा भनेको हाम्रो नेपालको जातजातीको रहनसहन, प्रकृतिको संरचना भुगोल आदि भन्दा भाषा नै गह्रो छ । भाषा नै अति बहुमूल्य छ ।
हुनत हाम्रो नेपाली राष्ट्रगानमा पनि सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली भने जस्तै, भाषा एउटा यस्तो चिज हो खान लाउने दुख सुख सबै आफै बोल्न सक्ने, क्षमतावान अजम्विरी पाएको छ र बमबारुड भन्दा भाषा नै ठुलो छ । राजा जयस्थिति मल्लको पालामा यही तलेजु भगवान्लाई इष्ट देव मानी सम्मान दिएको थियो । नेपाली भाषामा तले लाई जु थपि सम्मान गरिएको थियो । (नेवारी भाषामा तले लाई माथि भनिन्छ) त्यस्तै तलेजुलाई जु थपि अभिवादन गरिएको हुनाले तलेजु नाम रह्यो । त्यसैगरी गणे लाई पनि जु थपी गणेजु भनी सम्बोधन गरिएको थियो । (नेवारी भाषामा गणे भनेको भगवान् गणेश हो) । ब लाई जु एउटा थपी बजु भयो । जु एउटाले सम्पूर्ण जात–जातियलाई अविवादन गरिएको पाइन्छ । खिचा लाई खिचाजु भन्न पाइयो, को लाई कोजु भन्न पाइयो, आँचा लाई आचाजु भन्न पाइयो, ध्व लाई ध्वजु भन्न पाइयो, भा लाई भाजु भन्न पाइयो, मंैचा लाई मैंजु भन्न पाइयो, बो लाई बोहजु भन्न पाइयो, माक लाई माकजु भन्न पाइयो, द्यो लाई द्योजु भन्न पाइयो, मा लाई माजु भन्न पाइयो, बुवा लाई बुहारीले बजु भन्न पाइयो, ब्यान लाई ब्यान्जु भन्न पाइयो, जरे लाई जरेजु भन्न पाइयो, झाङ लाई झाङजु भन्न पाइयो । जु एउटा अक्षर सबैमा हर्ष बेरी आएको छ । जु एउटा अक्षरलाई सबैले सम्मान गर्न आवश्यक छ ।
भक्तपुर नगरपालिका हाल वडा नं. ९ स्थित आकुपति नारायण मन्दिरको गरिमामय स्थानमा पुजारी चिरञ्जीवी बाजे श्याम भारीबजु समेतले बताउनुभयो । आज भन्दा करिव ४० वर्ष अगाडि तीन वटा मणिको नाम यस प्रकार छः
१. गजमणि – हातीको मणि
२. नरमणि – मानिसको मणि
३. ब्यांमणि – भ्यागुताको मणि
सो मणि आज भन्दा करिव ४० वर्ष अगाडिसम्म प्रत्येक पूर्णीमाको दिन, एकादशीको दिन र सङ्ग्रातिको दिन आकुपति नारायण मन्दिरको प्राङगणमा देखाउने चलन थियो । सबै टोलबासीहरुले देखेको र आज सम्म सुनाउदै आएको छ । समय बित्दै गए मणि दाता गणेश बहादुर खिछें महाजनज्यूले बहुमुल्य सामान आकुपति नारायणमा राखेको थियो । बासु पासा र अन्चलयदिशको पालामा यो मणि चोरी हुने डरले श्याम भारीबजु लगायत पाँच छ जना मिलेर छाउनी राष्ट्रिय संग्रलयमा सुम्पिदिएको थियो ।
नेपाल भाषाका नेपालीभाषामा माना पाथीहरु
फाछि ः आठ माना पछि ः आधा माना
च्योछि ः चार माना चकन्छि ः एक चौथि
कुछि ः दुई माना बाप्छि ः आधा चौथि
बोक्छि ः एक माना
नेपाल भाषाका नेपाली भाषामा फलफुलहरु
तुसी ः काक्रो फसी ः फर्सी
टसी ः बिमिरो खाइसी ः खाइसी
पासी ः नास्पाती आमासी ः अम्बा
चाकुमाकुसी ः चाकुमाक्सी जाम्सी ः ज्यामिरे
बसी ः आरु खाइबसी ः बकेनाको फल
फंसी ः भुई कटर
नेपाल भाषाका नेपालीभाषामा अङ्कहरु
राम्भ ः एक नसे ः दुई
सो ः तीन पी ः चार
ङा ः पाँच खुँ ः छ
न्हे ः सात च्या ः आठ
गुँ ः नौ साढ ः दश
ससाढ ः एघार सन्छ्यै ः बाह्र
नेपाल भाषाका नेपालीभाषामा पैसाका आनाहरु
छाना ः चार पैसा न्याना ः आठ पैसा
स्वाना ः बाह्र पैसा प्याना ः सोह्र पैसा
ङाना ः बीस पैसा ख्वाना ः चौबीस पैसा
न्हाना ः अठ्ठाइस पैसा च्याना ः बत्तीस पैसा
ग्वाना ः छतिस पैसा ह्याना ः चालीस पैसा
आखाँ भए दृश्य हुन्छ,
मन भए कल्पना हुन्छ
सु.न.पा.–०८, जगाती
...
All Comments.......
Please Login/Register To Comments