रमिना गाईंजु
शुक्रबारको दिन थियो, सरले हामीलाई रिपोर्टिङ्गका लागि कलेज नजिकैको इटाभट्टामा लाने कार्यक्रम थियो । सधैं कक्षामा पढने हामी कक्षाकोठा बाहिर रिपोर्टिङको लागि जाने भएपछि धेरै नै खुसी थियौं ।  रिपोर्टिङ जाने भएकोले हामीले बाँकी साथीहरुलाई एकछिन कुर्यौ । अनि हामी रिपोर्टिङका लागि कलेजबाट बाहिर गयौं ।
हामीलाई त्यो बिहान इटाभट्टामा पुग्न दस मिनेट जति लाग्यो । हामीलाई निकै जाडो भएको थियो त्यो बेला । तर त्यहाँ पुग्दा ईटाभट्टाका धेरै मानिसहरु यस्तो जाडोकावीचमा पनि आफ्नो काम गर्दै अवस्थामा देख्यौं ।
हामीले त्यो  ठाउँमा पुगेपछि मानिसहरूसँग मनमा भएको प्रश्नहरु सोध्यौ । हामी त्यो ठाउँ पुगेपछि सरले लहर लामा नामका व्यक्तिलाई उनको कामकोबारेमा प्रश्नहरू गर्नुभयो । उनले पनि प्रश्नहरूको उत्तर राम्ररी नै दिनुभयो । उनी पी.के नामको ईटा भट्टामा काम गर्दै आएको झण्डै १२ दिन जति भयो भन्ने कुरा बतयो । उनले राति १२ बजेदेखि बिहान खाना खाने सयमसम्म इटा पार्ने बताए । उनको परिवारमा उनी र उनका छोरा मात्र इट्टा पार्न गाउँबाट आएका बताए । परिवारका बाँकी सदस्य गाउँमै भएका काम गर्दै उनीहरू गाउँमै  बस्छन भन्ने कुरा बताए ।
उनीहरुले दिनमा तीन हजार जति  इटा पार्दा रहेछन् । उनको गाउँको नाम नमबुद्ध रहेछ । उनले मंसिरदेखि वैशाखसम्म वा इटा पार्ने सिजनसम्म मात्र काम गर्ने बताए । र बाँकी समय उनले आफ्नो परिवारसँग गाउँमै बिताउने बताए । उनले सिजनमा दुई लाखदेखि साढे दुई लाखसम्म इटा पार्ने बताए । उनलाई त्यो काम गर्न उनको छोराले सहयोग गर्ने रहेछ ।
उनको भनाई अनुसार इटा पारेर मात्र उनको र परिवारको जीवन बिताउन गाह्रो छ वा पुग्दैन खानलाउन । उनलाई एक हजार इटाको एक हजार तीन सय ५० रुपैयाँ  दिने रहेछ । त्यो एक हजार तीन सय ५० रुपैयाको लागि उनले बिहान उठेर इटा पार्ने र त्यो इटालाई सुकाएपछि चाङ्ग लगाउने रहेछ ।,त्यतिपछि मात्र उनलाई इटाको त्यति पैसा दिने रहेछ ।
बिहान उठेर काम गर्दा पनि उनलाई आफ्नो जीवन  बिताउन गाह्रो छ । उनले  त्यो कमाएको पैसा आफ्नो परिवारहरुलाई पनि गाउँमा पठाउँदा रहेछन् । “पहिला भए इटा बनाउनका लागि आफैंले माटो मुछ्नुपर्ने तर आधुनिक प्रविधिको कारणले त्यो काम अहिले मेसिनले नै गर्ने रहेछ ।  त्यसैले पहिला भन्दा अहिले इटा बनाउन धेरै सजिलो भएको छ भनेर उनले सुनाए ।

...

All Comments.......


Please Login/Register To Comments