जिल्ला फुटबल लिग गर्ने सम्बन्धी घोर आपत्ति
पुष ६, २०७८, मङ्गलबार | विहान ०५:०० बजे | 90
भक्तपुर । अखिल नेपाल फुटबल संघ(एनफा)को कार्यक्रम अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को लागि भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्मानीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघ भएको अवस्थामा यस संघको नाममा अरुले नै जिल्ला लिग गर्न बिना सुचना पुस ५ गते किशोर हेका अध्यक्ष भनि पत्रकार सम्मेलन गरी जिल्ला लिग गर्ने समाचार प्रकाशित गरेकोमा घोर आपति प्रकत गर्दछु ।
साथै मौजुदा रहेको भक्तपुर जिल्ला फुटबल संघ विघटन गरी नया“ जिल्ला तदर्थ समिति गठन गर्ने एन्फाको विधानले नदिएको र सो केन्द्रीय समितिबाट समेत पारित नभएकोले यस गौतम सुजखू अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघले मात्र जिल्ला लिग गर्न पाउने नैतिक अधिकारबाट बञ्चित गर्न नसक्ने साथै विधानले साधारणसभाको दुईतिहाई बहुमतले मात्र जिल्ला समितिलाई भंग गर्न सक्ने भएता पनि १९ औं साधारण सभामा समेत पारित नभएकोले गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारिक संघ हो त्यसैले यो संघललाई मात्र जिल्ला लिग फुटबल प्रतियोगि २०७८ गर्न ÷गराउन अनुरोध समेत गर्दछु ।
साथै अरु कोहि पनि अध्यक्ष रहेको संघले भक्तपुरमा पहिलो पटक पुस १० देखि १८ गतेसम्म मध्यपुर थिमिको मैदानमा जिल्ला लिग हुने भनि एन्फाको बार्षिक कार्यक्रम अन्तर्गत भनि पत्रकार सम्मेलनको समाचार प्रकाशित भएकोमा यस गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघको गम्भिर ध्यानाकर्षण भएको छ भन्ने उक्त भक्तपुर जिल्ला लिग अखिल नेपाल फुटबल संघ(एन्फा)ले तुरुन्त रद्द गर्न समेत अनुरोध गर्दछु । १९ औं साधारण सभामा समेत सम्मानीय सर्वोच्च अदालतमा विचारधिन मुद्दा भएकोले विवादित विषयमा कसैलाई पनि केहि गर्न नदिने भनि साधारणसभामा समेत सहभागी नगराएको आवस्था जिल्ला लिगको पत्रकार सम्मेलनको समाचार प्रकाशित हुनु वेइमानी र जालसाझीको गन्ध देखिन्छ । त्यसैले जिल्ला लिग तुरुन्त रद्द गराउन समेत प्रथम उपाध्यक्ष रामकृष्ण प्रजापतिले अनुरोध गरेको छ । १९ औं साधारण सभामा २१ वटा जिल्ला संघहरुले गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई मान्याता दिन हस्ताक्षर सहित एन्फाका अध्यक्ष कर्मा छिरिड्ड शेर्पालाई निवदेन बुझाएको थियो । तर त्यस साधारण सभाको हाउसबाट सम्मानीय सर्वोच्च अदालतमा विचारधीन मुद्दा भएकोले दुबै पक्षलाई केही गर्न नदिने सर्वसम्मत पास भएको थियो । तर अहिले पत्रकार सम्मेलन गरी जिल्ला लिग हुने समाचार आएकोले गौतम सुजखु अध्यक्ष रहेको फुटबल संघले भत्र्सना एवम् निन्दा गर्दै गौतम सुजखु रहेको संघलाई आधिकारीक मान्यता दिन समेत आव्हान गरेको छ ।