भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने
पुष ५, २०७८, सोमबार | दिउँसो ०२:२१ बजे | 50
भक्तपुर । भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने भएको छ। भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा यही पुस १० देखि २८ गतेसम्म जिल्ला लिग हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा को बार्षिक कार्यक्रम अन्तर्गत भक्तपुरमा पहिलो पटक जिल्ला लिग हुन लागेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लिगमा जिल्लाका १४ वटा क्लवको सहभागिता हुनेछ । लिगकम नकाउटको आधारमा हुने प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येका समूहमा शिर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । लिगका खेल मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा हुने संघका कोषाध्यक्ष निलेष आचार्यले जानकारी दिए ।
प्रतियोगितामा सहभागी १४ टोली मध्ये समूह ए मा जनप्रेमी स्पोर्टस क्लब, दिव्येश्वरी क्लव, लोकन्थली एफसी, वृहस्पति युवा क्लव,मध्यपुर जागरुक युवा क्लव, भक्तपुर युनाइटेड एफसीर समृद्ध नेपालको लागि युवा समाज रहेका छन ।् त्यस्तै समूह बी मा दिव्येश्वरी युथ समाज, मध्यपुर युनाइटेड एफसी,ठिमी युथ क्लव, विश्व विनायक एफसी, वेलफेयर स्पोर्टस क्लब, बालकोट ब्वाइज, सत्य संसार, भक्तपुर युनाइटेड एफसीको सहभागिता रहेको छ।
प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिँदैं लिग संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष अनिल हेकाले लिग सञ्चालनको लागि करिव ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । लिगमा विजेता र उपविजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष किशोर हेकाले बताए । उनका अनुसार हाल विभिन्न संस्थासँग प्रायोजनको बारेमा छलफल भइरहेकाले नगद पुरस्कारको राशी घोषणा नगरिएको जानकारी दिए ।