अर्थक्वेक इन्जिनियरिङसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनको वेवसाईट सार्वजनिक
पुष ५, २०७८, सोमबार | दिउँसो १२:१५ बजे | 40
भक्तपुर । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७८ माघ ३ गते अर्थक्वेक इन्जिनियरिङसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले उक्त सम्मेलनको लागि निम्ति वेवसाईट ncee-nepal.com सोमबार एक समारोहबीच सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कलेजमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारीहरुले समाज विकासको लागि आ–आप्mनो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुपर्ने बताउनुहुँदै भनपाले गरिरहेको कार्य देशभरीका स्थानीय तहले नियालिरहेको हुँदा नपाअन्तर्गतका कलेजहरुको मूल्यांकन समेत निरन्तर रुपमा भइरहेको जानकारी दिनुभयो । उहाँले ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थी रमण श्रेष्ठले परीक्षामा देशभरकै उत्कृष्ट स्थान हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै कलेजहरुको नतिजालाई शत प्रतिशत नतिजा हासिल गर्न कोशिस गर्नुपर्ने र विद्यार्थीहरु प्रतिस्पर्धात्मक हुनुपर्नेमा जोड दिनुभयो ।