शिक्षाबिद्ध प्रजापतिलाई ज्यापू सरस्वती पदक


पुष ४, २०७८, आइतबार | दिउँसो ०३:१३ बजे | 25


शिक्षाबिद्ध प्रजापतिलाई ज्यापू सरस्वती पदक

मध्यपुर थिमिका शिक्षासेवी, समाजसेवी एवं बिनायक शिक्षा निकेतन ईङ्गलिस स्कुल मध्यपुर थिमिका प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिलाई यस बर्षको ज्यापू सरस्वती पदकले बिभुषित गरेको छ ।
ज्यापू संस्कृति बिकास कोषले १८ औं राष्ट्रिय ज्यापू दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त पदकले सम्मान गरेको थियो ।
शिक्षाप्रेमी प्रजापतिले उपत्यकाभित्र शिक्षा क्षेत्रलाई उकास्न महात्वपुर्ण भुमिका खेलेकोमा उहाँको योगदानको उच्च मुल्यांकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कदर पत्रका साथ सम्मान गरेको थियो ।

Comments