भक्तपुरमा रविन तामाङ्ग बचाउ अभियान


पुष ३, २०७८, शनिबार | विहान ११:५० बजे | 45


भक्तपुरमा रविन तामाङ्ग बचाउ अभियान


भक्तपुर । भक्तपुरमा काभ्रे तेमाल गाउँपालिका वडा नम्बर ९ कम्पाटार निवासी रविन तामाङ्ग बचाउ अभियान सुरु गरिएको छ । २१ वर्षीय तामाङ्गको उपचारका लागि भक्तपुरमा एकटोली युवाहरु ठाउँठाउँ दिनदिनै लाइभ गीत गाएर रकम संकलन गरिरहेका हुन्।


तामाङ्ग विगत एक वर्षदेखि ब्लड क्यान्सरबाट पिडित हुन् । हाल उनी पाटन अस्पतालमा उपचार गराइरहेका छन्। करिव एक सातादेखि यो अभियान सुरु भएको जनाएको छ ।
[[img3]]
सहयोग अभियान सुरु गरेका भक्तपुर व्यासीका प्रेदिल खड्गीले मंसिर २५ गतेबाट सुरु गरेको बताए ।  एकसातामा करिव ६६ हजार ३ सय ८५ रुपैया संकलन भएको खड्गी बताए । हरेक दिन बेलुका ४ बजेदेखि बेलुकी ८ बजेसम्म सहयोगको लागि गीत गाएर सहयोग संकलन गर्दै आएको उनले जानकारी गराए । साथै उनले गीत गाउनको लागि चाहिने समाग्री जस्तै माइक, गितार, क्याजन र स्पिकर पनि आफै रहेको उनको भनाई छ । रविन तामांग मेरो स्कुलको साथी हो, उनले भने । आफूले सकेको सहयोग गरौ भन्ने हेतुले यो कार्यक्रम गर्दै आएको जनाए । सक्रिय सहभागी साथीहरु जोसेप् लामा, निजर मर्हजन, बीसाल लामा र उमेस तामांग रहेको उनले सुनाए ।
[[img2]]
अभियानमा सहभागी भक्तपुरकी रजना त्वानाबासुले आफूले आर्थिक सहयोग गर्न नसकेपनि आर्थिक सहयोग जुटाएर सहयोग गरौं भनेर अभियानमा सहभागी भएको बताइन् । उनले आफूले गीत गाएर सहयोगको लागि अनुरोध गरेको बताइन् । आफ्नो क्षमता अनुसार सबैले सहयोग गर्न उनले अनुरोध गरिन् ।

हाल विरामीको अवस्था झनै नाजुक भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनले बताइन् । डाक्टरको रिर्पोट अनुसार बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको उनले जनाइन् ।
विरामीको आर्थिक अवस्था कमजोर भएकाले उसको उपचारको उनका बुबा प्रेम तामाङ्गले आर्थिक सहयोगको लागि अनुरोध गरेका छन्। उपचारको लागि करिव ८० लाख खर्च लाग्ने जनाइएको छ । आर्थिक सहयोग गन चाहनेहरुले मेघा बैक नेपाल लिमिटेड खाता नम्बर ०९१००५८५५०७५९ बुबा प्रेम तामाङ्गको खाता जम्मा गरिदिन सक्नुहुन्छ। त्यस्तै ९८१३५८२३८७ र ९८१८०२२०४५ सम्र्पक गर्नसक्नु हुने जनाइयो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा रविन तामाङ्ग बचाउ अभियान
भक्तपुरमा रविन तामाङ्ग बचाउ अभियान

Comments