भक्तपुरमा पुस ७ गतेदेखि अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता हुने
पुष ३, २०७८, शनिबार | विहान ०५:५९ बजे | 10
भक्तपुर । भक्तपुरमा पुस ७ गते बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता हुने भएको छ । भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका उत्कृष्ट टिमहरुलाई नगद पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गर्न लागेको जानकारी उनले गराए । प्रतियोगिता भक्तपुरको महेश्वरी खेल मैदानमा हुने जनाइएको छ ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी हुने जानकारी गराए । यस अनुसार जिल्लाका स्कुलहरुमा प्रतियोगितामा सहभागी हुन पत्र पठाइसकेको जानकारी उनले गराए ।
प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट गराउने योजना रहेको उनले सुनाए । त्यसका लागि मेयरसावलाई चिठी पठाइसकेका छौं, उनले भने, उहाँंकै समय नमिलेका कारण हामीले पुस २ गते नै गर्ने योजना भएको कार्यक्रम पस ७ गतेबाट सुरु गर्ने गरी पछाडि सारेका हौ ।
प्रतियोगितामा प्रतिस्पर्धी खेलाडीहरुको खेल विमा हुने जनाइएको छ । खेलको क्रममा घाइते भएमा उनीहरुको उपचारको लागि विमा गरिएको जनाइएको हो । विमासहितका खेल हुन लागेको खुल्ला प्रतियोगिताको यो पहिलो प्रतियोगिता भएको जनाइएको छ ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।...