ख्वपका विद्यार्थीेले गरे रिपोर्ट प्रस्तुतीकरण कार्यक्रम
पुष २, २०७८, शुक्रबार | दिउँसो ०१:४२ बजे | 35
भक्तपुर । भक्तपुरको ख्वप कलेजमा वीएएसडव्लू तेश्रो वर्षका विद्यार्थीले शुक्रबार एक कार्यक्रमवीच अर्वान सोसियल वर्क क्याम्पको रिपोर्ट प्रस्तुतीकरण गरेका छन् । विद्यार्थीले पोखरा पुगेर मंसिर १६ देखि २२ गतेसम्म गरेको क्याम्पको रिपोर्ट प्रस्तुतीकरण गरेका हुन् । कलेजका प्राचार्य रुपक जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
[[img2]]
कार्यक्रममा सहभागी विद्यार्थीमध्ये अडियो भिडियो डिपार्टमेन्टको प्रमुखको जिम्मेबारी सम्हालेका विद्यार्थी राज हाडाले क्याम्पमा भएको गतिविधिको भिडियो प्रस्तुतीकरण गरेका थिए । साथै डकुमेन्ट्रेशन विभागको जिम्मेबारी लिएकी सहभागी विद्यार्थीमध्येकै एलिसा श्रेष्ठले रिपोर्ट प्रस्तुतीकरण गरेकी थिइन् । उनले कार्यक्रममा पोखरा पुगेर गरेको सोसियल सर्भे, अर्गनाइजेशन भिजिट, कम्युनिटी इन्गेजमेन्ट, प्यानल डिसकसनकाबारेमा जानकारी गराएकी थिइन् ।
[[img3]]
कार्यक्रममा कलेजका प्राचार्य जोशी, सहायक प्राचार्य डा राजेशकुमार श्रेष्ठ, क्याम्पका इन्चार्ज कमिनिका न्याइच्याईलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा मायाको चिनो पनि वितरण गरिएको थियो ।फाेटाेमा हेर्नुहाेस्...