बाराही मूभिज हलमा भोली सत्सङ्ग हुने
पुष २, २०७८, शुक्रबार | विहान ०९:१९ बजे | 40
भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित बाराही मुभिज प्रा.लि.को हलमा शनिबार ११ देखि दिउंसो २ बजेसम्म सत्सङ्गको कार्यक्रम हुने भएको छ। यस पूर्णब्रह्म कबीर उपासक समाज नेपालले स्थापना कालदेखि जगतगुरू तत्वदर्शी सन्त रामपालजी महाराजको अध्यात्मिक मार्ग (बैदिक सनातन) अनुसार नशामुक्त समाजको निर्माण, जातीय भेदभावको अन्त्य, भ्रष्टाचार विरूद्धको अभियान, दाइजो प्रथाको अन्त्य, निःशुल्क मन्त्र दिक्षा, तथा खुल्ला रक्तदान इत्यादि सामाजिक क्षेत्रमा क्रियाशील हुंदै आइरहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।
पूर्णब्रह्म कबीर उपासक समाज नेपाल केन्द्रीय कार्यालयका अध्यक्ष कुमार डंगोल यसै सिलसिलामा यस समाजले मिति २०७८।०९।०३ गते शनिवारका दिन भक्तपुरको सूर्यविनायकस्थित बाराही मुभिज प्रा.लि.को हलमा ११ देखि दिउंसो २ बजेसम्म सत्सङ्गको कार्यक्रम राखिएको हुंदा धेरै भन्दा धेरै सहभागी भै लाभ प्राप्त गर्न निःशुल्क प्रचार प्रशार गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।<!--[if gte mso 9]><xml>