उपचार बचतले गरायो जेष्ठ नगारिकलाई धार्मिक भ्रमण
पुष २, २०७८, शुक्रबार | विहान ०७:१५ बजे | 45
उपकार बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले आफ्ना जेष्ठ नागरिक सदस्यहरूलाई धार्मिक भ्रमण कार्यक्रमको आयोजना गरेको छ । आज पुस २ गते शुक्रबार संस्थाका जेष्ठ नागरिक सदस्यहरूलाई पनौतीको मुक्तिनाथधाम र बनेपास्थित चण्डेश्वरी मन्दिरको धार्मिक तिर्थयात्राको आयोजना गरेको संस्थाका अध्यक्ष कान्छाभक्त घजुले जानकारी दिनु भएको छ ।
संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत आयोजित सो कार्यक्रममा संस्थाका ३ सय ४७ जना जेष्ठ नागरिक सदस्यहरू मध्य १ सय ९० जना जेष्ठ नागरिक सदस्यहरूको सक्रिय सहभागीता रहेको थियो ।
सो अवसरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर घजुले “जन्मदेखि मृत्युसम्म उपकार साकोस घरघरसम्म“ भन्ने नाराका साथ सहकारी अघि बढिरहेको अवस्थामा प्रत्येक मानिस जेष्ठ भएपछि उनीहरूमा धार्मिक भ्रमणको चाहना बढ्ने र आफुहरूमा भएका ज्ञान र सिपहरू आफुभन्दा सानालाई बाँड्ने ईच्छा बढि हुने भएकोले समेत सो भ्रमण कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।