वागीश्वरीकी बबिता भइन् टियू टपर
पुष २, २०७८, शुक्रबार | विहान ०४:५६ बजे | 15
भक्तपुर । भक्तपुरको वागीश्वरी कलेजकी विद्यार्थी बबिता ग्वाछाले नेपाल टप गरेकी छन्। त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तरगत स्नातक तहको परीक्षामा कलेजकी विद्यार्थी ग्वाछाले नेपाल टप गरेको त्रिविले जनाएको छ।
यसअघि मंसिर २८ गते प्रकाशित सूचनालाई संसोधन गर्दै त्रिविले वि सं २०७६ सालको दीक्षान्त पदकबाट पुरस्कृत हुनेमा बिबिएस परीक्षामा ग्वाछा सर्वप्रथम भएको उल्लेख गरेको छ । उनलाई नेबैलि छत्रबहादुर पदक दिइने भएको छ।
विद्यार्थी ग्वाछाले ७५ .८५ प्रतिशत अर्थात विशिष्ट श्रेणी हासिल गरेकी छन्। नेपाल प्रथम विद्यार्थी ग्वाछा नेपाल टप गर्ने उद्देश्यका साथ अध्ययन गरेकी विद्यार्थी भएको कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बताए । विद्यार्थी ग्वाछा एक्स्ट्राअर्डिनरीसमेत भएको प्राचार्य श्रेष्ठले बताए।