आउँदो निर्वाचनमा एमालेको दुई तिहाई बहुमत : बास्कोटा


पुष २, २०७८, शुक्रबार | विहान ०४:४९ बजे | 55


आउँदो निर्वाचनमा एमालेको दुई तिहाई बहुमत : बास्कोटा

संगम लामा
एमालेको भातृ  संगठन नेपाल  उत्पीडित जातिय मुक्ति  समाज काभ्रेको अगुवा  कार्यकर्ता  भेला  सकिएको छ । भेलालाई सम्बोधन  गर्दै एमाले पोलिटिब्यूरो  सदस्य  तथा  पूर्वमन्त्री  गोकुल  बास्कोटाले  समृद्ध  नेपालको निर्माण एमालेले मात्रै गर्नसक्ने र आउँदो निर्वाचनमा दुई तिहाई  ल्याउनसक्ने ठोकुवा गर्नुभयो । पुर्बमन्त्री तथा एमाले केन्द्रीय सदस्य  रेशम  लामाले रज्यमा १३ प्रतिशत रहेकोे  दलित  समुदायलाई सरकारले  सम्बोधन  गर्न नसकिएको बताएका  थिए ।
भेलाले  नेपाल  जातीय  मुक्ति  समाजको वडा  र पालिका अधिबेशन गर्ने  निर्णय गरेको  छ । मुक्ती समाजको जिल्ला  अध्यक्ष  खड्ग पुर्कोटिको अध्यक्षतामा भएको  उक्त  कार्यक्रममा संघीय साम्सद नबिना लामा ,प्रदेश  सभा सदस्य  तथा  मुक्ति  समाजका बागमती  इन्चार्ज  मैना अच्छामिले सम्बोधन गर्नुभएको थियोे ।
भेलाले वडा, नगरपालिका र गाउँपालिका अधिबेशनका लागि नेताहरुलाई जिम्मेवारी समेत तोकिएको  छ ।

Comments