किन खुशी भए भक्तपुरको सिद्धि शालिग्रामका यी बृद्धबृद्धाहरु (हेर्नुहोस् फोटोसहित)


पुष १, २०७८, बिहीबार | दिउँसो ०२:३६ बजे | 55


किन खुशी भए भक्तपुरको सिद्धि शालिग्रामका यी बृद्धबृद्धाहरु (हेर्नुहोस् फोटोसहित)

भक्तपुर । भक्तपुरका ५३ वर्षीय रामवीर श्रेष्ठ (नाम परिवर्तन) युवा अवस्थामै पुलबाट खसेर दुर्घटनामा परेका थिए । दुर्घटनामा परेपछि उनी अशक्त भए । त्यसपछिबाट उनी हिँड्डडुल गर्न सक्दैनन् उनी अहिलेसम्म पनि । हिँड्डुुल गर्न नसकेसँगै दिनरात एउटै ठाउँमा बिताउन परेपछि उनलाई जीवन नै व्यर्थ लागेको थियो । तर अहिले उनले फेरि नयाँ जीवन पाएका छन् । ह्वीलचियर पाएर हिँड्डडुल गर्न पाएपछि उनको जीवनले रंग फेरेको हो । जीवन व्यर्थ लागेको थियो, अहिले फेरि नयाँ जीवन पाएको अनुभव भयो, उनले नागरिकसँग खुसी साट्दै भने ।
रामवीर जस्तै अहिले भक्तपुरको भेलुखेलमा रहेको सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रम वृद्धाश्रममा रहेका झण्डै एक दर्जन वृद्धवृद्धाहरुले नयाँ जीवन पाएका छन् । उमेर तथा अन्य विविध कारणले हिँड्डुल गर्न नसकी एउटै कोठामा जीवना विताउन बाध्य भएका उनीहरुले ह्वीलचियर पाएसँंगै नयाँ जीवन पाएका हुन् ।

प्यारालाइसिस भएका कारण एउटै कोठामा बसेर जीवन जिउन बाध्य वृद्धाश्रममा रहेका वृद्धा इन्द्रदेवी प्याठ (नाम परिवर्तन) पनि अहिले ह्वीलचियरसँगै नयाँ संसार देख्न पाएको अनुभव सुनाउँछिन ्। पहिलो खाटमै बसेर दिनरात काट्न बाध्य आफूले अहिले वृद्धाश्रमबाट बाहिर पनि गएर बाहिरको संसार पनि हेर्न पाएकाले पुनः नयाँ संसार देख्न पाएको भन्दै खुसी साट्छिन् उनी । वृद्धाश्रमको दक्षिणतिर वृद्धाश्रमले वृद्धवृद्धाहरुका लागि ठूलो खुल्ला चौरको व्यवस्था गरेको छ ।
[[img2]]
बढी उमेरका कारण हातखुटा कमजोर भएर हिँड्डुल गर्न नसक्ने वृद्धाश्रममै रहेकी राज्यलक्ष्मी महर्जन (नाम परिवर्तन) अहिले ह्वीलचियरमा बसेर घाम ताप्न जान पाइने मात्रै नभई बाहिरको वातावरण हेर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झन्छिन् । उनले मात्रै नभएर आफूजस्तै सबै साथीहरुले ह्वीलचियरसँगै नयाँ जीवन पाएकोमा उनी दंग छिन् ।
वृद्धाश्रमकी इन्चार्ज नर्स अमृता सुवालका अनुसार वृद्धाश्रममा अहिले ३० जना वृद्धाहरु र नौ जना वृद्धहरु रहेर कुल ३९ जना वृद्धवृद्धाहरु रहेका छन् । तिनीहरुमध्ये बढी उमेर तथा अनेक कारणले दस जना वृद्धवृद्धाहरु हिँड्डुल गर्न सक्दैनन् । उनीहरु सबैका लागि अहिलेको ह्वीलचियर बरदान सावित भएको सुवाल बसुनाउँंछिन् । १० जना वृद्धवृद्धाहरुका लागि एउटा एउटा ह्वीलचियर भएको भए सुनमा सुगन्ध हुने थियो, उनले वृद्ध आमाबुबाहरुको भनाई उदृध गर्दै भने, उहाँहरु त एकजनालाई एउटा भयो भने हुन्थ्यो नि नानी भनेर भन्छन्।
लायन्स क्लव अफ सूर्यविनायक भक्तपुरले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको दुःख देखेर पाँच वटा ह्वीलयचियर सहयोगस्वरुप निःशुल्क दिएको हो । समाजको लागि केही गर्ने उद्देश्यका साथ सहयोग गरको लायन्स क्लब अफ भक्तपुर सूर्यविनायकका अध्यक्ष विष्णुभक्त मारिखू बताउँछन् ।
[[img3]]
अस्पतालका मुख्य व्यवस्थापक अनिल राजभण्डारीका अनुसार जिल्लामा रहेको यो एउटै मात्रै ठूलो स्केलको वृद्धाश्रम हो । सन् २००५ देखि वृद्धवृद्धाहरुको सेवाका लागि निजी रुपमा वृद्धाश्रम सञ्चालनमा ल्याएको उनले सुनाए ।

फाेटाेमा हेर्नुहाेस्...

किन खुशी भए भक्तपुरको सिद्धि शालिग्रामका यी बृद्धबृद्धाहरु (हेर्नुहोस् फोटोसहित)
किन खुशी भए भक्तपुरको सिद्धि शालिग्रामका यी बृद्धबृद्धाहरु (हेर्नुहोस् फोटोसहित)

Comments