नेकपा एमालेको मनोनित सदस्यहरुले गरे शपथ ग्रहण
मंसिर २९, २०७८, बुधबार | दिउँसो ०२:०० बजे | 55
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।