काभ्रेका सांसद ढकाल र हुमागाई मन्त्रीमा नियुक्त
मंसिर २९, २०७८, बुधबार | विहान ०६:११ बजे | 25
संगम लामा
हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले काभ्रेका दुई जना सांसदलाई मन्त्रीमा नियुक्ति गर्नुभएको छ । रत्न ढकाल काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन (क ) का नेकपा माओवादीका सासद हुन् भने बसुन्धरा हुमागाई काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ ( ख) सांसद तथा नेकपा ( एकिकृत समाजबादी ) काभ्रेका जिल्ला उपाध्यक्ष हुन ।
त्यसैगरी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्बाधार बिकासमा कृष्णलाल भडेल र निमा लामा सश्वथ्या मन्त्री यसअधि नै नियुक्ति भएका छन् ।