साइकलचा दाइको कथा
मंसिर २९, २०७८, बुधबार | विहान ०५:४३ बजे | 45
कुमार लघु
भक्तपुर व्यासीका साइकल पसले कृष्णसुन्दर सुवालको नाम नै साइकलचा भनी प्रख्यात छ । सवैले साइकलचा दाइ खोई भन्छन् उनलाई । कसैले बोलायो भने पनि रिसाउनु हुन्दैन, मुसुक हाँस्नुहुन्छ । उहाँको पसल विहान ७ः३० वाटवेलुका ७ः३० वजेसम्म खुला हुन्छ । उहाँले खाना विहानको ११ः३० १२ः वजेसम्मा खाइसक्ने हुन्छ । खाना खान पनि फुसर्त पाउन गाह्रो छ । उहाँले मोटरसाइकल र साइकल वनाउदै आउनु भएको २५ वर्षदेखि ३० वर्ष भएको छ । उहाँ उमेरले साढे चार दशक हुनुभएको छ । उहाँलाई उहाँको जीवन संगिनीले साथ दिइ आउनु भएको छ । उहाँको जीवन संगिनी विष्णु केशरी (ज्ञानी) सुवालले पनि साइकलमा हावा हाल्ने र पंङ्चर वनाई काममा सहयोग गरेर आफ्नो सिपको उपयोग गरी आम्दानीमा खुट्किला थप्न बल मिलेको छ । उहाँहरू कामदेखि कहिले हिच्किचाउनु हुन्दैन् । खाना एकछिन पछि पारेर खाने गरी हतारमा आएकाहरूको साईकल र मोटर साईकल बनाउन रुचि राख्नुहुन्छ ।
जहिले साईकल र मोटर साईकल चलाउनेहरूको सन्तोष नै आफ्नो सन्तोष भएको कुरा वताउनुहुन्छ । उहाँको पसलमा पत्रपत्रिका पनि राखेर साईकल र मोटरसाईकल बनाउनेहरूले पत्रिका अध्ययन गराउन पत्रिको व्यवस्था गरेको देखेर साईकल बनाउन आउनेहरू समय पास गर्छन् ।
साईकलचा दाइ व्यासी वडा न २ मा मानदेव मार्गमा व्यासी चोकवाट २००,मिटर उत्तरतिर पसल राखेर वस्नु भएको छ । पसलको नाम के बि अटोमोबाईल वर्कसप राख्नु भएको छ । कृष्णसुन्दर सुवालले सेवा दिन हरबखत तलिन भएको देखिन्छ ।
कृष्णसुन्दर सुवाल उहाँ कला सस्कृतिको क्षेत्रमा लगनशिल र तलिन हुनुहुन्छ । उहाँ देवी नाचमा हरेक वर्षमा गाईजात्राको अवसरमा बाहिर ल्याई आफ्नो समूहको देनलाई जनता सामू छर्लङ्ग पारेर हरेक वर्ष पुरस्कार जित्दै आउनु भएकोछ । कला र सँस्कृतिलाई वचाई राख्नु पर्छ भने मनले सोचेर लागिरहनु भएको व्यक्तित्व हुनुहुन्छ । उहाँका वुवा,भाइ र छोरा पनि क्रमश साँस्कृतिक फाँटमा लागिरहेकाछन् ।
कला सँस्कृतिले भक्तपुरलाई परिचय गराई राख्नु पर्छ भनेर दत्तचित लिएर लाग्नुभएको व्यक्तित्व हुनुहुन्छ । आफना सानो तिनो अनुभवहरू सुनाई रहनु हुन्छ ।
साईकल पसलमा साईकल ल्याउने ,मोटर साईकलको पार्टपूजा ल्याई फेर्ने र साईकल बिक्री गर्ने कम पनि गर्नु हुन्छ । उहाँको चाहना सवैलाई साईकल चढाएर जीवन स्वास्थ्य राख्ने चाहना हो । पैसा पनि वच्ने स्वस्थ्य पनि हुने चाहनाको विचार बोकेको कृष्णसुन्दर सुवाल हो । सेवा गरेपछि खानपिन गर्न र दस, बीस आम्दानी गरि छोरोछोरीहरूलाई शिक्षित पार्न पाएकोमा आनन्द लिनुहुन्छ । आफ्ना अनुभवहरू छरछिमेक र साथीभाईलाई बताई हाँस्ने हसाउने गर्नुमा आन्दित मानु हुन्छ । उहाँको शिक्षा सात कक्षासम्म मात्र हो । घर व्यबहारले पेलेको हुनाले उच्च शिक्षा लिन सक्नु भएन । सानैदेखि काम गर्न सिक्न थाल्नु भएको थाहा लाग्यो । उसैको काकाको साईकल पसल थियो । त्यही सानैदेखि काम गरेर विहान ६ वजे पसल खोल्ने साईकल मर्मतमा लाग्दा लाग्दै काममा निपुण भयो । नौ बजेसम्म पसलमा वस्ने, नानी बाबुलाई स्कूलमा साईकलमा राखी उसैको काकाको नानीहरूलाई स्कूलमा पु–र्याउन पर्थाे त्यो काम सकेपछि मात्र आफू स्कूलमा पढ्न जाने अनुभव सुनाउनु भयो । अनि मात्र हालैको आफ्नै साईकल करिव अन्दाजी ३० वर्ष अगाडि प्रोप्राईटर श्री कृष्ण सुन्दर सुवाल ज्यू हुनुहुन्छ । उहाँको जन्म २०३८ सालमा जन्मनु भएको हो । उहाँको बुबा कृष्ण बहादुर सुवाल र आमा कान्छी सुवालको जेठो छोरा हो । उहाँको परिवारमा दुई छारी र एकजना परिवार गरि ५ परिवार सदस्यहरू छन्। उहाँको पसल व्यासी टोल छ,कासन जाने मानदेब मार्गमा छ । फोन नम्वर ९८४१६४८८८९ सम्पर्कको लागि हो ।उहाँको काम सफल होस् । धन्यवाद