सुनसरीको नाकाबाट उज्वेकिस्तानकी युवती पुगिन भारत
मंसिर २९, २०७८, बुधबार | विहान ०४:३५ बजे | 50
अजमल अंसारी
सुनसरी । पछिल्लो समययता नेपाल सरकार तथा त्यसको मातहतमा रहेको विभिन्न सम्बन्धित सरोकारवाला निकायहरु कमजोर भएको प्रष्ट देखिन थालेका छन् । सरकार तथा सरोकारवाला निकायहरुले कागजमा मात्रै नियम र आआफ्नो अधिकार कर्तव्य तथा जिम्मेवारीलाई सिमित राख्ने गरेको पाइएको छ ।
नेपाल सरकार तथा मातहतमा रहेका विभिन्न मन्त्रालयहरुले आफ्नो जिम्मेवारीबाट पन्छिदै आएको देखिन्छ । मन्त्रालयहरुले जिम्मेवारी पाएका कामहरु कागजी रुपमा गर्दै आएतपनि त्यसको संरक्षण तथा सो कामको के कति प्रभावकारी भएको अनुभुती गर्न पाउन सकेका छैनन् । सरकार तथा मन्त्रालयहरुको गम्भीर लापरबाहीका कारण देशमा दिनहुँ अनेकौं किसिममा घटनाहरु घट्दै आएका छन् । तर राज्यले त्यसको अझैसम्म त्यसको संरक्षण, सुरक्षा प्रदान, प्रभावकारी बनाउन सकेनन् । कागजमा निर्णय तथा पारित हुन्छ तर कार्वनयन कहिले हुँदैन । विभिन्न घटनाहरु मध्ये यसपालिको विषय अनोठौ रहेको छ ।
अन्य देश जस्तै नेपाललेपनि आन्तरिक पर्यटक भित्र्याउन टुरिष्ट भिजा मार्फत विदेशीहरुलाई नेपाल ल्याउन थालेका छन् । र यो देशको आन्तरिक श्रोतको लागि टुरिष्ट भित्र्याउनु राम्रो भएपनि त्यसलाई संरक्षण र सुरक्षा तथा सेवा प्रदानको व्यवस्था नगर्नु सरकारको गम्भीर लापरबाही हो ।
हालै एकमहिना अघि असोजमा उजुकिस्तानको तीन युवती टुरिष्ट भिजामा नेपाल आइन् । तर कार्तिक १७ गते बुधबार भारतबाट तीनजना उजुकिस्तानकी युवती सहित दुईजना भारतीय युवक पक्राउ परे । उनीहरुलाई विशेष सूचनाका आधारमा एसएसबीले पक्राउ गरेका थिए । अहिले युवक र युवती एनआरआइको कसटडीमा रहेको श्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा २० वर्षीय इनोबट राजा बोवा, २२ वर्षीय इसमिगुल राजा बोवा र १८ वर्षीय डायना युसुप बोवा रहेकी छन् । उनीहरुलाई भारत तर्फ लैजाने युवा बिहारको बसमतिया वडा न– २ बस्ने राजुल अन्सारीको छोरा मोहम्मद इसमाइल अन्सारी र वडा – ८ बस्ने उमेश शाहको छोरा सरोज कुमार शाह रहेका छन् ।
उनीहरु साथबाट फेला परेको पार्सपोर्टको अनुसार २० वर्षीय इनोबट राजा बोवाको बुवाको नाम सन्नाटुल्ला कीजि, २२ वर्षीय इसमिगुल राजा बोवाको बुवाको नाम सन्नाटुल्ला कीजि र १८ वर्षीय डायना युसुप बोवाको बुवाको नाम रावशान कीजि हो । जसमध्ये इनोबट र इसमिगुल राजाबोवाको बुवाको नाम एउटै सन्नाटुल्ला कीजि हो । उनीहरु दुवैजना दिदिबहिनी हुन् सक्ने अनुमान गर्न सकिन्छ ।
श्रोतका अनुसार उनीहरुलाई ती भारतीय युवाले नेपाल भारतको साहेबगंज बोर्डरबाट बिना अनुमति प्रवेश गराएका थिए । त्यो नाकाबाट तीन उजुकिस्तानी युवतीलाई दिल्ली तथा मुम्बई शहरमा बेच्नको लागि लगेको हुन् सक्ने अनुमान गरेको जनाइएको छ । उक्त नाकाबाट भारु नौ सय रुपैयाँमा अटो टेम्पोलाई रिजर्भ गरि बिहारको फारबिसगंज तिर जादैगरेको अवस्थामा पक्राउ गरेका थिए ।
साहेबगंज नाकाबाट जाने गरेको अवस्थामा बिहारको पथरदेवा बिओपी क्याम्पको अगाडि चेकजाँच गर्ने क्रममा शंकाको आधारमा रोकेर सोधपुछ गर्ने क्रममा पक्राउ गरेका थिए । पक्राउ गरेपछि तीन उजुकिस्तानी युवती र दुई भारतीय युवालाई आवश्यक कार्वाही र छानबिन गर्नको लागि बथनाहा प्रहरीलाई जिम्मेवारी दिएको थियो । हाल तिनीहरू एनआरआइको हिरासतमा रहेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार उजुकिस्तानी युवतीलाई अंग्रेजी, अरेबिया र आफ्नो घरको अर्थात जातीय भाषा मात्र बोल्न आउछन् । यी तीन भाषा बाहेक अरु कुनैपनि भाषा बोल्न आउदैन । पक्राउ परेका युवा मोहम्मद इसमाइललाई अरेबिया भाषा बोल्न आउछन् । इसमाइललाई बथनाहा प्रहरीले प्रश्न गरेका थिए स को हो रु कहाँबाट आएको हो रु र कहाँ जान लागेको हो रु प्रश्नको उत्तर दिदै इसमाइलले मेरो गर्लफ्रेन्ड हो भने । प्रहरीले अनोठौ अनुहार भएकोले नेपाली युवती हुन् सक्ने अनुमान गर्दै कडा सोधपुछ गर्ने क्रममा पक्राउ परेका थिए । सोधपुछको क्रममा युवतीको आइडी कार्ड हेर्दा उजुकिस्तानको युवती रहेको खुलेको थियो ।
हालै एकमहिना अघि असोजमा उनीहरु टुरिष्ट भिजामा नेपाल आएका थिए । उनीहरु साथबाट फेला परेको पासपोर्ट नेपाली मिति अनुसार वि।स २०७८ भदौमा जारी गरिएको छ । तिनैजनाको साथबाट नेपालको टुरिष्ट भिजा फेला परेको छ । सो भिजा २१ अक्टोबर २०२१ अर्थात् वि। स। कार्तिक ४ गते २०७८ को हो ।
एकैसाथ तीनजना कलिलो उमेरको बिदेशी युवती पक्राउ परेपछि भारत प्रहरी, सिमा सुरक्षा बल एसएसबीको साथ क्राइम ब्रान्च तथा ईन्टेलिजेन्स ब्यूरोको टिमपनि यस विषयको छानबिनमा होमिएको श्रोतले जनाएको छ ।
यता यस विषयमा फारबिसगंजको डिएसपी रामकुमार सिंहले सोधपुछ भइरहेको छ तर अहिलेसम्म केहि स्पष्ट हुन् नसकेको बताए । के कुन कारण र नेपाल हुँदै किन भारत आएको हो र भारत कहाँसम्म पुग्ने योजना थियो यो बारेमा अनुसन्धान भइरहेको बताए ।
प्रकाउ परेका युवक सरोज कुमार शाहको मामा काठमाडौको एक रेष्टुरेन्टमा कार्यरत छन् । उनीहरु टुरिष्ट भिजामा नेपाल आएपछि सोही रेस्टुरेन्टमा बसेको हुन् सक्ने अनुमान गर्न सकिन्छ । श्रोतको अनुसार उनको मामालको रेस्टुरेन्टमा बसेपछि सोधपुछ गरेको हुन् सक्छन् । उनको मामालाई थाहा भयो नेपाल घुम्न आएको हो । उनको मामाले म नेपाल घुमाइ दिन्छौं भनेको हुन् सक्छन् । नेपाल घुमाउने कुरा मिलेपछि भान्जाको साथ पठाएको अनुमान गर्न सकिन्छ । योजनाबद्द तरिकाले भारतको मुम्बई अथवा दिल्ली शहरमा बेच्न लगेको हुन् सक्ने अनुमान गर्न सकिन्छ ।