- Post Date 2020-07-26 19:20:25
निरञ्जन दुलाल
हाल विश्वमा फैलिएको कोभिड–१९ का कारण हाल विश्वमा नै आर्थिक राजनैतिक कुटनैतिक साथै स्वास्थ्य र सबै भन्दा ठूलो क्षेत्र शिक्षामा पनि ठूलो प्रभाव पारी रहेको छ ।
नेपालमा पनि कोभिड–१९ ले ठूलो महामारीको रूपमा स्थान लिगिसकेको छ । जसको कारण नेपालमा नेपालको अर्थतन्त्र साथसाथै शैक्षिक क्षेत्रमा पनि ठूलो समस्या आइरहेको छ । नेपालमा पनि यो माहमारीको कारण ४० जना को ज्यान गैसकेका छन् । नेपाल सरकारले यो महामारी कम गर्नको लागि ४ महिना लामो देशव्यापी लकडाउन गरेपनि यो कम हुन सकेन ।
यसबाट नेपालको शिक्षा क्षेत्रमा पनि ठूलो समस्या आयो जसबाट स्कुल कलेज ठप्प भयो । जसबाट साना देखि ठुला विद्यार्थी सबैलाई समस्या भएको छ । जसको कारण भर्खर स्कुल जान लागेका बच्चामा पनि यसले ठूलो समस्या लाग्यो । चैत्र ६ गते बाट हुने भनेको परिक्षा नि रोकियो बैशाखमा हुने एघार र बाह्र को परिक्षा नि रद्द भयो । उक्त चार महिनामा थुप्रै कलेज र बिद्यालयले अन्लाईन कक्षाको शुरूवात गरे । कुनै स्थानमा त्यो ठिक भयो तर कतिपय विद्यार्थी त्यसमा सामेल हुन पाएनन् । किनकि समस्या एउटै रह्यो ईन्टरनेट । नेपालमा अहिले लकडाउन खुले पनि शैक्षिक क्षेत्र भने खुलेको छैन । शिक्षा मन्त्रालयको सुचना अनुसार भाद्र एक बाट भर्ना र परिक्षा लिने निर्णय गरेको छ । यो निर्णय अनुसार यदि बिद्यालय र कलेज खोल्ने नै हो र सामाजिक दुरि कायम गरि परिक्षा र कक्षा सञ्चालन गर्न पनि बिद्यालयलाई कठिन देखिन्छ । उपत्यकामा पढ्ने धेरै बिद्यार्थी यहिको नभई बाहिरको रहेको कारण यहाँको सम्पुर्ण उनीहरु भाडामा बसेको र उनीहरु अब उपत्यकामा छिर्नलाई धेरै नै कठिन रहेको छ ।
यदि अब परीक्षा नै लिने हो भने अब शिक्षा मन्त्रालयले नयाँ ढङ्गले नयाँ नियम बनाएर सामाजिक दुरि कायम गरि कुनै पनि विद्यार्थी लाई कुनै पनि त्रास नहुने गरि लिनु जरुरी छ । यदि परीक्षा नै लिने हो भने नयाँ रणनीति ल्याउन जरुरी देखिन्छ ।
...
All Comments.......
Please Login/Register To Comments