नेपालमा सामाजिक सुरक्षा कोष श्रमिकका लागि हालसम्म पनि लागू हुन नसकेको गुनासो
मंसिर २८, २०७८, मङ्गलबार | विहान ०५:४७ बजे | 50
भक्तपुर । अखिल निमार्ण मजदुर संघका केन्द्रिय अध्यक्ष अमित लोकचनले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले बास्तबिक श्रमिकलाई समेट्न नसकेको गुनासो गरेका छन् । नेकपा माओवादी केन्द्रको भातृसँगठन अखिल निमार्ण मजदुर संघ भक्तपुरको छैंठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै लोपचनले नेपालमा सामाजिक सुरक्षा कोष श्रमिकका लागि हालसम्म पनि लागू हुन नसकेको उनले बताए ।
रफत सञ्चाल क्लबमा आजोजित सम्मेलनमा उनले भने, बिश्वालाई निमार्ण गर्ने मजदुरको श्रमको सम्मान जहिल सम्म हुन सक्दैन तब सम्म हरेक श्रमिक आफ्नो हक अधिकारबाट बञ्चित रहनु पर्ने भएकाले श्रमिकको हकअधिकारका लागि आफूहरु हरपल लागिरहने छौं । रोशन लामाको।नेतृत्वमा सम्मेलनले १७ सदस्यीय कमिटी गठन गरेको छ ।