ख्वपका सर्वाेत्कृष्ट विद्यार्थी त्रिविबाट पुरस्कृत हुँदै
मंसिर २८, २०७८, मङ्गलबार | विहान ०४:५८ बजे | 15
त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा भक्तपुरका दुई विद्यार्थी पुरस्कृत हुने भएका छन्। विश्वविद्यालयको पुस ५ गते सोमबार हुने ४७ औं दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीमध्ये भक्तपुरको ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेजका विद्यार्थी पनि पुरस्कृत हुने भएका हुन्।