झुठा अभियोग लगाएर फसाएका अध्यक्ष यादवले पाए सफाई, गाउँवासी खुशी


मंसिर २७, २०७८, सोमबार | विहान १०:३९ बजे | 40


झुठा अभियोग लगाएर फसाएका अध्यक्ष यादवले पाए सफाई, गाउँवासी खुशी

अजमल अन्सारी
सुनसरी । झुठा अभियोग लगाएर फसाएका सुनसुरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई इज्जतका साथ रिहा गरेको छ । आइतबार जिल्ला अदालत सुनसरीले यादवलाई सफाइ दिएको हो । सफाइ पाएसँगै अध्यक्ष यादवले न्याय पाएको छ ।  अध्यक्ष यादवलाई बैशाख ८ गते सडयन्त्र पूर्वक फसाएको थियो । आइतबार जिल्ला अदालत सुनसरीले ढिलो भएपनि न्याय दिएको उनका समर्थकहरुको भनाइ छ ।

जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले ढिलै भएपनि यादवलाई सफाई दिएर न्याय दिएको हो । आईतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले सफाई पाएको हो । सफाई पाएसँगै यादव गाउँपालिकाको अध्यक्ष पद पुनः सम्हाल्ने भएका छन् । आउने अर्को निर्वाचनमा पनि लड्न पाउनुहुने छन् । सुनसरी जिल्ला अदालतले ढिलै भएपनि न्याय दिएको भोक्राहा नरसिंह गाउँपालिकाका कानुनी सल्लाहकार पन्चदेव मेहताले जानकारी दिए ।

अदालतले जेठ २ गते जबरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । अध्यक्ष यादवले खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका बलात्ककारको आरोप लगाएको थियो तर अदालतमा २०७८ जेठ ३ मुद्दा फाँट–६ को न्यायधिश टिकेन्द्र दाहालको आदेशमा मुद्धा किनारा नलागेसम्म पुर्पक्षको लागि थुनामा राख्ने काम भएको थियो ।

२०७८ असोज १२ गते स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम भएको थियो । २०७८ कार्तिक २८ गते बहस नोट पेश गर्न लगाउने सहित छ वटा पेशी तोकेको थियो । त्यसमा अन्तिम फैसला गर्दै आईतबार यादवलाई सफाई दिएको जिल्ला अदालत सुनसरीले जनाएको छ । झुठा अभियोग लगाएर फसाएका अध्यक्ष यादवले सफाई पाएपछि भोक्राहा नरसिंह गाउँपालिकामा उत्साह थपेको छ । गाउँपालिकाका अध्यक्षले सफाइ पाएपछि भोक्राहा नरसिंह गाउँवासी खुशी भएका छन् । अध्यक्ष रिहा भएपछि चौक(चौकमा खुसियालीका साथ अध्यक्षका समर्थकहरुले एकआपसमा शुभकामना व्यक्त गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष भएपछि उनले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट यादवको लोकप्रियता बढेपछि उनको खुट्टा तान्न उनकै सहयात्रीहरुले षड्यन्त्र गरी झुठा अभियोग लगाएर फसाएको भोक्राहा नरसिंहवासीको भनाइ छ ।

Comments