सवाः सार्वजनिक
मंसिर २७, २०७८, सोमबार | विहान ०७:३८ बजे | 55
ललितपुर । नेपालभाषाको हाइकु सम्बन्धी त्रैमासिक पत्रिका सवाःको सार्वजनिकी तथा हाइजिनहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेवाः हाइकु ख्यःको आयोजनामा भएको सो समारोहमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सवाः पत्रिकाको विमोचन गर्दै जापानी भाषाबाट आएको हाइकुलाई नेपाली हावापानी अनुसार ढाल्दै स्थापित गर्नुपर्ने बताउनुभयो ।
हाइकु ख्यःका संयोजक सुरेश प्रधानले हाइकु लेखनबारे चर्चापरिचर्चा हुनथालेको र यसको उत्कृष्टताको लागि अब एउटा निश्चित अवधारणाको विकासतर्फ समालोचकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हाइजिन तुयु पुं र धर्म सिकर्मीले पनि मन्तव्य राख्नुका साथै प्रकाशन कार्यमा सघाउ पु¥याउने लेखक तथा सहयोगीहरुलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।