नेपाल सरकारले वार्ता समिति नबनाएपछि आन्दोलनरत समुह आक्रोसित


मंसिर २६, २०७८, आइतबार | विहान ११:१९ बजे | 60


नेपाल सरकारले वार्ता समिति नबनाएपछि आन्दोलनरत समुह आक्रोसित

काठमाडौं । नेपाल सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिक सरह सुविधाको माग राख्दै हुँदै आएको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत पक्षले गुनासो गरेको छ ।
भुतपूर्व गोरखा संघर्ष समितिले नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता विफल हुने अवस्था आएको गुनासो गरेको हो ।
आफ्नो अधिकारका लागि १३ दिनसम्म आमरण अनसन बसेका पुष्पा राणा घले, ज्ञानराज राई र धनबहादुर गुरुङसँग भएको लिखित सहमतिअनुसार यही डिसेम्बर २१ देखिवार्ता हुँदैछ ।
तर, वार्ताको समय आइसक्दा पनि नेपाल सरकारले वार्ता समिति नबनाएपछि आन्दोलनरत समुह आक्रोसित बनेको छ । संयुक्त संघर्ष समितिकी सचिव पुष्पा राणा घलेले सरकारले भुपू गोरखाको माग पूरा गराउन वार्ता समिति समेत बनाउन नसकेको बताइन् ।
पछिल्लो पटक जुलाई ७ देखि १९ तारिखसम्म आफ्नो अधिकारका लागि भएको सत्याग्रह अन्त्यका लागि वेलायतले नेपालसँग वार्ता गरेर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका मागहरु पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको थियो ।
सचिव घलेले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वेलायती सरकारले वार्ता गर्न खोज्दाखोज्दै पनि वार्ता समिति बनाउन नसकेर सरकारले लाचारी व्यवहार देखाएको आरोप लगाइन् । उनले नेपाल सरकारकै कारण वार्ता असफल बने हात बाँधेर नबस्ने चेतावनी पनि दिइन् ।
उनले सरकारी वेवास्थाका कारण वेलायतले बोलाउँदा पनि वार्ता समिति बनाउन नसक्नुले नेपालको लाचारीपन स्पष्ट भएको बताइन् । ‘वेलायती सरकारले आमरण अनसन तोडेको बेला जसरी पनि भुपु गोरखा सैनिकको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ’, ‘तर, नेपाल सरकारले वार्ताको समय आइसक्दा पनि वार्ता समिति बनाउन सकेन । यो नेपालकै लागि लज्जाको विषय बनिसक्यो ।’
सो पत्रकार सम्मेलनमा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाल सरकार नेपाली नागरिक प्रति उद्धार नभएको आरोप लगाए । उनले तत्काल वार्ता समिति बनाएर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका जायज माग पूरा गराउन नेपाल सरकारले पहल गर्नुपर्नमा जोड दिए ।
समाजवादी कांग्रेसले वेलायतमा आमरण अनसन चलिरहेका बेलापत्र लेख्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो । आमरण अनसन बस्ने राणा समाजवादी कांग्रेसको उपाध्यक्षभएकाकारण पनि पार्टीले गोरखा सैनिकको विषयमा पटकपटक आवाज उठाउँदै आएको सचिव मान बहादुर गुरुङले बताए ।
भुपु गोरखा सैनिकका परिवारले लामो समयदेखि उठाउँदै आएकामागहरु पूरा गर्न डिसेम्बर २१ मापहिलो चरणको वार्ता हुँदैछ । तर, नेपाल सरकारले भने राजदूतजनवरी पहिलो साता मात्रै पठाउने बताउँदै आएको छ । सरकारले तत्काल राजदूत नपठाउँदा वार्ता हुने अवस्था न्युनहुँदै गएको छ ।
वेलायती सरकारसँग वार्ता राणा सोमबार वेलायतजादैछिन् । वेलायती सरकारले भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका अरु सैनिकका परिवारले पाउँदै आएको सेवा सुविधा समानहुनुपर्ने मागप्रतिनिक्कै सचेत रहेको उनको भनाई छ ।

Comments