अमेरिकामै छैन मानव अधिकार : डा कोजू
मंसिर २४, २०७८, शुक्रबार | विहान ११:२५ बजे | 50
भक्तपुर । मानव अधिकार दिवसका अवसरमा भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले विश्वकै सवैभन्दा स्वतन्त्र भनिएको संयुक्त राज्य अमेरिकामै मानव अधिकार नभएको दावा गरेका छन् । ७३ औं अन्तराष्टिय मानव अधिकार दिवसको अवसरमा अयोजित कार्यक्रममा उनीहरुले अमेरिकामा गोला जातिले कालाजातिमाथि मानव अधिकार हनन गरेको दावी गरे । राष्टिय मावन अधिकार प्रतिष्ठान भक्तपुर र रोम्वस सेकेण्डरी स्कुल भक्तपुरले संयुक्त रुपमा लैगिक हिंसा र मानव अधिकार विषयमा गरेको प्रबचन कार्यक्रममा उनीहरुले अमेरिकामा गोरा जातिले काला जातिलाई हेयको दृष्टिकोणले हेरेर मानव अधिकारको हनन गरेको दावी गरे ।
फाेटाेमा हेर्नुहाेस्...