यीयी टिम विजयी भए नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा
मंसिर २४, २०७८, शुक्रबार | विहान १०:१४ बजे | 5
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भक्तपुर नपा वडा नं. ८ को आयोजनामा भएको छात्र र छात्रातर्पmको ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई शुक्रबार प्रमाणपत्र र मेडल वितरण गरियो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रममा अतिथिहरु ८ नं. वडाका वडाध्यक्ष महेन्द्र खायमली, भक्तपुर ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापति र ८ नं. वडा खेलकुद समितिका पुजा दुवालले पनि बोल्नुभएको थियो ।
आज सम्पन्न कक्षा ९–१० (१६ वर्ष मुनि)को ब्याडमिन्टन प्रतियोगिताको छात्रतर्फ वागीश्वरी माविका रोजन गोरा प्रथम, वागीश्वरीकै सिविक ज्याख्व द्वितीय, लिशा सेकेण्डरी स्कूलका श्रीयास रन्जितकार र लिशाकै कशिर नखेत्रुले संयुक्त रुपमा तृतीय स्थान हासिल गरेका थिए भने १६ वर्ष मुनिकै छात्रातर्फको खेलमा द राइजिड्ड स्कूलका रञ्जु तामाड्ड प्रथम, द राइजिड्डकै सविरा बुढाथोकी द्वितीय तथा मेधा माविका रुजा जति र स्याक्रेड हार्टका सिरु भुजू संयुक्त रुपमा तृतीय भएका थिए ।
त्यसैगरी कक्षा ६–८ (१२ वर्ष मुनि)को ब्याडमिन्टन प्रतियोगिताको छात्रतर्फ लिशा सेकेण्डरी स्कूलका सुदिप थिमी प्रथम, वागीश्वरी माविका निकेश भेले द्वितीय तथा क्रियटिभ स्कूलका सुदिप गोसाई र समाज सुधार स्कूलका अनिस सुनुवार तृतीय हुन सफल भएका थिए भने १२ वर्ष मुनिकै छात्रातर्पmको खेलमा हिमालयन ग्लोरी ई. स्कूलका सृष्टी ग्वाछा प्रथम, लिशा स्कूलका तेजस्वी मानन्धर द्वितीय तथा क्रियटिभ ई. स्कूलका कृषा पैmजु र सामुदायिक ई. स्कूलका प्राची लामा संयुक्त रुपमा तृतीय भएका थिए ।
विद्यालयको टिमतर्पmको परिणाम अनुसार बागीश्वरी माविले १ स्वर्ण, २ रजत प्राप्त गरी प्रथम स्थान, लिशा ई. स्कूलले १ स्वर्ण, १ रजत, २ कास्य प्राप्त गरी द्वितीय स्थान, द राइजिड्ड स्कूलले १ स्वर्ण र १ रजत तथा हिमालयन ग्लोरी १ स्वर्ण पदक प्राप्त गरी संयुक्त रुपमा तृतीय स्थान हासिल गरेका छन् ।