बालकोटमा भएको बिभस्स र निर्मम हत्याको सत्य तथ्य छानबिनको माग
मंसिर २३, २०७८, बिहीबार | दिउँसो ०१:४९ बजे | 90
भक्तपुर । राष्ट्रिय यूवा संघ नेपाल भक्तपुरका सदस्य राजु श्रेष्ठ (आर पी) को बालकोटमा भएको बिभस्स र निर्मम हत्याको सत्य तथ्य छानबिनको माग गर्दै बिहिबार मध्यपुर थिमिको शंखधर पार्टी र्यालेसमा दबाब तथा पत्रकार सम्मेलन कामक्रम आयोजना गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर को आयोजनामा गरिएको उक्त कार्यक्रममा राजु श्रेष्ठ को हत्यामा संलग्न अपराधिलाई कडा भन्दा कडा कारबाही गर्न र सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रेस बिज्ञप्ति सार्बजनिक गरीएको हो।
हत्या भएका राजु श्रेष्ठ का दाजु भाई कृष्ण श्रेष्ठले बिस पच्चिस बर्ष संगै हिडेका साथि बाट भएको हत्यामा संलग्न व्यक्ति अपराधिक मानसिकता बाट प्रेरित भई नै गरेको र हत्या भएको स्थान भन्दा सयमिटर परको कम्पाउन्ड भित्र देखिएको रगत कस्को हो त्यस्को निस्पक्ष छानबिन र परिक्षण हुनुपर्ने माग गर्नु भयो । उहाले प्रहरीले आफ्नो अनुसन्धान जारी राख्दै गर्दा अनुसन्धानको दायरा अझै फराकिलो हुनुपर्ने बताउनु हुँदै रगत कस्को हो भनि निरक्यौल रिपोर्ट आईसकेपछी मात्रै हत्यामा संलग्न हरुको बारोमा प्रहरीले पत्रकार सम्मेलन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटिका अध्यक्ष पुष्प राज बस्नेतले संघ द्वारा जारी बिज्ञप्ति बाचन गरी सुनाउनु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...