कबड्डी प्रतियोगिताको समापन


मंसिर २३, २०७८, बिहीबार | विहान ०९:४६ बजे | 5


कबड्डी प्रतियोगिताको समापन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले नपाको आयोजनामा भएको खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता र उत्साहले भक्तपुर खेलकुदमय भएको बताउनुभयो ।

विद्यार्थीहरुलाई अनुशासित, सभ्य र सुसंस्कृत बनाउन विद्यार्थी जीवनदेखि खेलकुद जीवनमा सक्रियता बढाउनुपर्ने बताउनुहुँदै उहाँले विद्यार्थीहरुमा उत्साह र प्रेरणा दिन नपाले यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो । खेलकुदमा हार र जीत स्वाभाविक भएको बताउनुहुँदै खेलकुद मानव जीवनको अभिन्न अंग भएको र खेलकुद जित्नको लागि भन्दा विद्यार्थीहरुको शारीरिक र मानसिक स्वस्थ राम्रो बनाउन खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
समापन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले पनि नपाको आयोजनामा भएको खेलकुद प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरुप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा नपाको गतिविधिमा आवश्यक सहयोग मिल्नेमा आशा व्यक्त गर्नुभयो ।
आज सम्पन्न कबड्डी प्रतियोगिताको फाइनल गेममा छात्र कबड्डीतर्फ मिनर्वा विद्यालय प्रथम, पारागण एकेडेमी द्वितीय, बागेश्वरी मावि र साइनिङ स्टुडेन्ट्सले तृतीय स्थान हासिल गरेका थिए । साथै छात्रा कबड्डीको फाइनल खेलतर्फ साइनिङ स्टुडेन्ट्स प्रथम, बागीश्वरी मावि द्वितीय र रोम्बर सेकेन्डरी स्कूल तृतीय भएका थिए ।

Comments