भलिबल प्रतियोगितामा छात्रातर्फ बागीश्वरी प्रथम


मंसिर २३, २०७८, बिहीबार | विहान ०९:३१ बजे | 10


भलिबल प्रतियोगितामा छात्रातर्फ बागीश्वरी प्रथम

भक्तपुर ।  भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर नगरब्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरु शहिद स्मृति खेल मैदानमा सम्पन्न भयो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो ।

अन्तिम परिणाम अनुसार भलिबल खेलमा छात्रतर्फ सैनिक आवसीय महाविद्यालयले प्रथम स्थान, पद्म माविले द्वितीय स्थान र शारदा माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने छात्रातर्फ बागीश्वरी माविले प्रथम स्थान, डेमोस इङ्गलिश स्कूलले द्वितीय स्थान र पद्म माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।

Comments