ठगी विरुद्ध लहानमा आन्दोलन तातिदै


मंसिर २३, २०७८, बिहीबार | विहान ०२:४३ बजे | 65


ठगी विरुद्ध लहानमा आन्दोलन तातिदै

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माद्य्यमिक बिधालयको अगाडि रोड नम्बर १ मा पर्ने स्कुलको जग्गामा रोडका पश्चिम् पटी बिजनेस ब्यापार गर्न बसेका  व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् ।

पीडितहरुको एक समुहले आफुहरु न त स्टल पाएको छु, नत पैसा फिर्ता पाएको छु। स्टलको लागी आफुहरु ९ बर्ष अगाडि स्कुलका तत्कालीन प्राध्यापक प्रमेश्वर रायको पालामा आफुहरु पैसा बुझाएको छु भन्दै पीडितहरुले पत्रकारहरुसंग दुखेसो पोखेका छन।

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो गरेका छन्।
   
पशुपति मा।वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा साँसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत ८७ जना  व्यापारीहरुबाट कसैबाट ५ लाख ,४ लाख ,३ लाख,२ लाख  १ लाख ५० हजार गरि जम्मा १ करोड ८७ लाख बन्दा बढी ठगी गरेको पीडितहरुको आरोप रहेको छ्।

उक्त समितिका पदाधिकारी अनुसार व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन्। तर हालसम्म न त स्टल नै बनेको छ, न पैसा फिर्ता भएको छ।उठाएको करिब दूई करोड रुपैयाँ हिनामिना गरेको पीडितको आरोप रहेको छ।

तत्कालिन प्र।अ प्रमेश्वर राय र हालका प्र।अ डा।महेन्द्र चौधरीलगायतले  समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ । वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण प्रक्रिया शुरु नभएको देख्दा हामी बाध्य भएर कडा आन्दोलनमा उत्रेका छौ । घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले सो कुरा बताए ।

संघर्ष समितिका संयोजक दासले भने हामी न्यायको लागि प्रहरीमा जाँदा ठगहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाएदिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको छ ।

आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म अब सडकबाट नफर्किने बताएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरि आन्दोलन न्याय नपाएसम्म जारी रहने बताए ।

Comments